विराटनगर, ३ भदौ - करेन्ट लागेर मोरङमा एक कामदार युवकको शुक्रबार साँझ मृत्यु भएको छ ।

बूढीगंगा गाउँपालिका–४ बस्ने १८ वर्षीय अनिलकुमार साहको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोही गाउँपालिका–४ स्थित हिमालय सिटी रिक्सा उद्योगमा काम गर्ने साह उद्योगको छाना सफाइ गर्ने क्रममा बिजुलीको तार छुन गएपछि गम्भीर घाइते भएकामा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

रासस