केरखा । गत हप्ता परेको अविरल वर्षासँगै आएको बाढीले विस्थापित कमल गाउँपालिकाका स्थानीयलाई विभिन्न संघसस्थाले राहत वितरण गरिरहेका छन् ।

यसरी राहत वितरण गर्ने क्रममा शुक्रबार समावेसी महिला शसक्ति करण केन्द्र  र सिंहदेवी देवालयले कमल गाउँपालिका वडा नम्बर १ र २ मा रहेका विस्थापित  परिवारलाई राहत वितरण गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वितरण गरिएको राहत चामल, चिउरा, नुन, दाल, तेल, भुजिया, तरकारीलगायतका समाग्री वितरण गरिएको देवालयका अध्यक्ष ज्ञानेन्द्र राईले जानकारी दिए ।

बाढीले विस्थापित परिवारलाई विभिन्न संघसंस्था स्थानीयबासीको सहयोगमा  राहत स्वरुप खाद्यसामग्री वितरण गरेपनी औषधि अभावले कतिपय विस्थापित परिवार बिरामी हुन थालेको पीडीत सुष्मा राइ बताईन् ।

कमल गाउँपालिकाका विभिन्न सामुदायीक विद्यालयमा आश्रय लिएर बसेका  विस्थापितहरु भन्छन्, ‘हामी रहरले यहाँ बसेका होइनौं र हामिलाई राहत भन्दापनि स्थायी रुपमा बसोबासको व्यवस्था मिलाइदिनु पर्यो ।’