भदौ ३ गते / महोत्तरी जिल्लाको लोहारपट्टी गाउँपालिकामा आज बिहान एक कपडा र शृंगार पसलमा आगलागी हुँदा करिब २० लाखको क्षति भएको छ ।

लोहारपट्टी गाउँपालिका– २ महदैया बजारमा रहेको आयुष रेडिमेड एण्ड कस्मेटिक पसलमा आज बिहान ५ बजे आगलागी हुँदा सो पसलभित्र रहेका कपडा र शृंगारको सामानसहित रु २० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

धनुषा जिल्लाको लवटोली गाउँपालिका– ३ घर भई ससुराली गाउँमा आएर पसल गरी बसेका पसले राजदेव यादवकाअनुसार सो पसलमा रहेका रु १० लाख बढीको रेडिमेड कपडा, रु पाँच लाख भन्दा बढीको शृंगार सामग्री र केहि दिनदेखि किरानाको थोक कारोबार गर्दै आएकोमा रु पाँच लाख जतिको किराना सामग्री गरी जम्मा २० लाख मूल्य बराबरको क्षति भएको हो ।

पसलमा के कारण आगलागी भएको वा कसैले आगजनी गरेको भन्ने बारे केही खुल्न सकेको छैन भने इलाका प्रहरी कार्यालय लोहारपट्टीबाट घटनाबारे अनुसन्धानका लागि प्रहरी टोली खटिसकेको प्रहरी उपरीक्षक कुबेर कठायतले बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah