नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रले पत्रकार महासंघलाई राजनीतिकरण गरेको आरोप लगाएका छन्।

नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनको पुर्वसन्ध्यामा प्रेस चौतारी नेपालले शनिबार राजधानीमा गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्।

माओवादी र कांग्रेसले बालुवाटारबाट पोलिटब्युरो सदस्यलाई आफ्नो नेताको रुपमा भोट हाल्न पत्रकारलाई निर्देशन दिएको दाबी ओलीले गरे।

अध्यक्ष ओलीले नेपाली कांग्रेस र माओवादी भित्र पत्रकारको खडेरी परेको भन्दै विवेकलाई बन्धक राखेर काजमा आएका राजनीतिक दलका नेतालाई रोज्ने कि पत्रकारिता क्षेत्रलाई ज्यूँदो राख्ने भनि व्यङग्य गरे।

अध्यक्ष ओलीलेस्वतन्त्र प्रेसको परिभाषा भित्र कहिलेदेखि गैह्र पत्रकार देखिन थाल्यो भनि प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरे।

वक्तव्यको पुरै समय कांग्रेस र माओवादीको आलोचना र व्यड्ग्यमा खर्चेका अध्यक्ष ओलीले आवरणको नभई मर्यादित पत्रकारिताको पक्षमा पत्रकारका संघ संस्था हिँड्नुपर्ने बताए। एमालेले पत्रकार र तीनका संस्थालाई थिचोमिचो नगर्ने र अनावश्यक निर्देशन पनि नदिने उनले स्पष्ट पारे।

नेपाल पत्रकार महासंघले महाधिवेशन मार्फत सोमबार आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah