काठमाडौं । इन्दिरा जोशीको मन भक्कानियो । आँखाबाट आँसु चुहिए । उनले आँसु पुछ्दै आद्र स्वरमा भनिन्, “सुरज गायक मात्रै होइन । ऊ राम्रो मानवीय स्वाभाव भएको असल व्यक्ति पनि हो । हामी तपाईंलाई धेरै धेरै मिस गरिरहने छौं ।” यति बोलिसक्दा इन्दिरा अगाडि बोल्नै सकिनन् । कालीप्रसाद गालामा हात लगाएर आँखाभरि आँसु जमाएर रुन्चे चेहरामा केही नबोली बसिरहे ।

५ जना प्रतिपस्र्धी रोइरहेका थिए । दर्शकका आँखामा पनि आँसु थामिएका थिएनन् । क्यामेराको लेन्स दर्शकका आँखाका सोझिरहेका थिए । कार्यक्रमकी उद्घोषिका रिमा विश्वकर्मा स्टेजमै बस्न नसकेर अनुहार छल्दै मञ्चबाटै ब्याक हुँदै थिइन् ।

मञ्चमाथि जडित सेतो पर्दामा चल दृश्य चल्न थाले । पर्दामा सुरजको नेपाल आइडलको यात्राको छोटो मोन्टाज प्ले भएको थियो । मोन्टाज सकियो । सुरज आफूलाई दरो बनाउँदै बोल्न तम्सिए । तर उनको अनुहार मलिन भइसकेको थियो । झण्डै आधी वर्ष एउटै छानोमुनी बसेर सहकार्य गरेका अनन्य मित्र, निर्णायक तथा संगीतकर्मीहरुसँगको साथ टुट्दै गर्दा उनको अनुहारको चमक उडेको थियो ।

त्यही पनि उनले मनलाई कठोर बनाए, अनि बोल्न थाले, “यो नेपाल आइडलको मञ्चमा आएर मैले जितेको सबैभन्दा ठूलो कुरा यहाँहरु सबैको माया हो । यो नै सबैभन्दा ठूलो प्राइज हो जस्तो लाग्छ मलाई । यो भन्दा ठूलो प्राइज संसारमा कुनै छैन । मलाई जति पनि नेपालभित्र र विदेशमा बस्ने जनताले माया गर्नुभयो, यति धेरैको मन जित्छु भनेर सोचेको थिइन । यति धेरै भोट गरेर नेपाल आइडलको टप सिक्ससम्म पुर्याइदिनुभयो । यो पनि मेरा लागि ठूलो अचिभमेन्ट हो । मैले काठमाडौं आएर सानो नामका लागि १४ वर्षसम्म संघर्ष गरें । मैले बाबुआमाको आर्मी अफिसर बनाउने सपना लत्याएर आएँ। चार महिनाको यो नेपाल आइडलको स्टेजमा आएर सफलता पाएँ ।”

निर्णायक र दर्शकको ताली पाएपछि सुरजले अगाडि भने, “मलाई हारेर हैन, जितेर गएको फिल भइरहेको छ । म हर्टली थ्यांक्स भन्न चाहन्छु सबैलाई । म एकदम खुसी छु । दुःखी छैन । म जुन सपना लिएर आएको थिएँ, त्यो मेरो सपना नेपाल आइडलको स्टेजमा पूरा भएको छ ।”

जाँदाजाँदै उनलाई नेपाल आइडलले सम्झनाको कोशेली स्वरुप ओप्पो फोन दियो । आँखाभरि आँसु बोकेर नक्कली हाँसो हाँस्न खोजिरहेका कालीप्रसाद र इन्दिराले सुरजलाई फोन थमाए ।

सुरजले फेरि सम्झिए बुबाआमालाई र भने, “अहिले मेरो बुबा आमा धेरै खुसी हुनुहुन्छ । अहिले उहाँलाई सुरजको बुबा भनेर चिन्नुहुन्छ अरे । म यो स्टेजमा पुगेर आमाबुबालाई हँसाउन सकेको म आफूलाई प्राउड फिल गर्छु । उनले फेरि आफ्ना गुरुलाई सम्झिए र अन्तिममा एउटा वियोगान्त गीत गाए, ओ प्रिया…। र, बिदा भए सुरज नेपाल आइडलको मञ्चबाट छैटौं स्थानसम्म पुगेर ।

आशा गरिएका र निर्णायकले नै नेपाल आइडलको जारीपहिलो सिजनको सम्भावित आइडल भनेर कमेन्ट गरेका व्यक्तिहरु नै धमाधम बाहिरिन थालेपछि शुक्रबारको साँझ पनि संगीतप्रेमी दर्शकका लागि कौतूहलको साँझ थियो ।निशान भट्टराई, बुद्ध लामा, सागर आले, प्रताप दास र सुजाता पाण्डेले एकपछि अर्को गीत गाए । उनीहरुलाई साथ दिए नपाल आइडलको मञ्चबाट बिदा भइसकेका मनोज थापा, प्रज्ञा विश्वकर्मा, सुरज तामाङ र असरफ अलिले ।

सागरलाई मनोजले, सुजातालाई प्रज्ञाले, सुरजलाई सुरज तामाङले र प्रतापलाई अलीले साथ दिएका थिए । बुद्ध, सागर र प्रताप सिधै उत्कृष्ट ५ मा परे । बाँकी थिए  सुजाता, सुरज र निशान । उनीहरु बटम थ्री अर्थात कम भोट ल्याउने तीनजनामा परेका थिए । निशान पसिना पसिना भइसकेका थिए ।सुरजको मनमा त्रासको ढ्यांग्रो जोडजोडले बजेको अनुहारमा प्रतिविम्बित भइरहेको थियो । सुजाताको अवस्था पनि फरक थिएन ।

सुजातासेफ भइन् । बाँकी रहे दुई जना निशान र सुरज । उद्घोषिका रिमा विश्वकर्मा आइन् निर्णायक कालीप्रसाद बास्कोटा र इन्दिरा जोशीतर्फ ।

निशान र सुरजलाई आज यो अवस्थामा देख्खा कस्तो लागिरहेको छ भन्ने जिज्ञासामा इन्दिराले भनिन्, “राम्रो गीत सुन्न पाउँदैनौं । खै के भनौं मलाई राम्रो लागिरहेको छैन । निकै चाँडो भयो । मेरो हिसाबमा उहाँहरु दुई जना अझै यो स्टेजमा हुनुपर्नेथियो ।”

कालीप्रसादले एक जनामात्रै नेपाल आइडल बन्ने नियम भएको र निर्णय दर्शकको हातमा भएकाले आफूले निर्णय उल्टाउन नसकिने आशयको विचार पोखे ।
उद्घोषिका रिमाले भनिन्, यदि हाम्रा दर्शकलाई उहाँहरु (निशान र सुरज) को प्रतिभाको कदर र अन्दाज छ भने पक्कै उहाँरुलाई यहाँ यसरी देख्दा आफूले भोट नगरेकोमा रिग्रेट फिल भइरहेको होला । यो समय फेरि फर्किएर आउँदैन ।”

समय आयो नतिजाको । निशान एक पटकलाई सेफ भएर सुरक्षित प्रतिस्पर्धीको रोतर्फ मिसिन गए । बाँकी रहे सुरज, जसलाई दर्शकले पत्याएनन् । दर्शकको मन जितेका तर भोट नपाएका सुरजका लागि भदौ २ गते शुक्रबारको साँझ नै नेपाल आइडलको मञ्चमा उभिएको अन्तिम साँझ बन्न पुग्यो ।

उनी तिनै सुरज हुन्, जसले निर्णायक कालीप्रसादको भनाइमा विश्वास गर्ने हो भने अहिलेसम्मकै नेपाल आइडलमा सबै भन्दा अब्बल प्रस्तुति दिने प्रतिस्पर्धी हुन् । उनले गाएको झलकमान गन्धर्वको गीतलाई कालीप्रसादले सबै भन्दा राम्रो प्रस्तुति भन्दै आएका थिए । तर, तिनै सुरज हुन् जसलाई न्ह्यू वज्राचार्य आफू उनको फ्यान भइसकेको पटक पटक बताउँथे ।

नेपाल आइडलको २६ औं श्रृंखलामा उत्कृष्ट सात प्रतिस्पर्धी मध्येका प्रताप दासको रोजाइमा आएका शिव लामिछानेले नेपाल आइडलको मञ्चबाट भनेका थिए,–यस्तो कलाकार आइडल बनोस, जसलाई जात, धर्म र लिङ्गले होइन पूरै देशले बनाओस् नेपाल आइडल । सायद भदौ २ गते शुक्रबारको साँझ शिव लामिछानेको यो पंिक्तलाई धेरैले सम्झिए होला । मनन् नगरे पनि ।बाह्खरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah