डा. गोविन्द केसीले त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन तत्काल फिर्ता नलिए १२औँ अनशन बस्ने चेतावनी दिएका छन्। डा. केसी ११औँ अनशन बसेकै अवस्थामा त्रिविले काठमाडौँ नेसनललाई सम्बन्धन दिएको हो।

त्रिविले सर्वोच्च अदालतको आदेशलाई देखाएर  २० दिनअघि सम्बन्धन दिए पनि यसबारे आज मात्र खुलासा भएको हो। सर्वोच्च अदालतको मानहानी सम्बन्धी परेको मुद्दाका आधारमा त्रिविले सम्बन्धन दिने निर्णय गरेको हो। कलेज सञ्चालकले भने शुक्रबार मात्र सम्बन्धन पाएको पत्र बुझेका छन्।

डा. केसीले आफ्नो माग विपरित काठमाडौँ नेसनललाई सम्बन्धन दिएको सूचना पाउना साथ स्वास्थ्यखबरलाई भने, ‘मैले पटक-पटक त्रिवि पदाधिकारी भ्रष्ट छन् भन्दै कारबाहीको माग गरेको थिएँ। यो सम्बन्धनको घटनाले उनीहरु भ्रष्ट हुन् भन्ने पुष्टि गर्छ। अब सम्बन्धन फिर्ता र त्यसमा संलग्न पदाधिकारीलाई तत्काल कारबाही नभए म १२औँ अनशन बस्न वाध्य हुनेछु।’

डा. केसीले बाढीपहिरोले देशमा विषम परिस्थिति उत्पन्न भएको अवस्थामा आफू अनशन बसिरहनु उपयुक्त नभएको भन्दै आफ्नो ११औँ अनशन २३ दिनपछि गत मंगलबार स्थगन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah