प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो बुधबारदेखि छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा जाँदैछन् । प्रधानमन्त्रीको रुपमा २२ वर्षपछि हुन लागेको देउवाको यो भ्रमणलाई विभिन्न दृष्टिकोणबाट महत्वका साथ हेरिएको छ ।

भारत भ्रमणका क्रममा भारतसँग हुने विभिन्न विषयका सन्धी सम्झौतालाई प्रधानमन्त्री देउवाले कुन रुपमा उठाउने हुन् भन्ने चासो सबैतिर बढेको छ । अहिले देउवाले गर्ने भारत भ्रमण विगतका प्रधानमन्त्रीको भन्दा फरक परिस्थितिमा भएकाले पनि यसलाई चासोका रुपमा हेरिनु स्वभाविक पनि छ ।

अहिले नेपालका दुई छिमेकी मुलुक भारत र चीन सीमा विवादका कारण द्वन्द्वका नजिक छन् । हालै तराईमा भारतले बाँधेका बाँधका कारण डुबानमा परेको समस्या ताजै रहेको अवस्थामा देउवाले महाकालीदेखि कोसीसम्मका सन्धीका विषयमा भारतसँग कुरा गर्नेछन् ।

भूकम्पपीडितलगायतका विषयमा भारतले दिने भनेको सहयोगका विषयमा पनि कुरा गर्ने कार्यसूची रहेको छ । भारतले आफूले निर्माण गरेका भन्दा अरु जलविद्युत आयोजनाबाट उत्पादन भएको विजुली खरिद नगर्ने बताइरहेको अवस्थामा प्रधानमन्त्री देउवाले दुई ठूला जलविद्युत आयोजना निर्माणका विषयमा भारतसँग नयाँ सहमति गर्दैछन् ।

१९५० को सन्धी पुनरावलोकनका विषयमा प्रबुद्ध समूहले तयार पारेको कार्यपत्रका विषयमा पनि महत्वपूर्ण छलफल गर्ने कार्यक्रम रहेको  । देउवा भारत भ्रमणअघि भारतीय विदेशमन्त्री नेपालको कुटनीतिक सफलताभन्दा पनि बाह्य परिस्थितिका कारण प्रभावित हुन सक्ने विज्ञहरुको ठम्याइँ छ ।

अहिले भारत र चीनबीच तनाव बढ्दै गएकाले दुवै छिमेकी मुलुकले नेपाललाई महत्व दिएका छन् । यो बीचमा भारतकी विदेशमन्त्री सुष्मा स्वराज र चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङले नेपाल भ्रमण गरेका छन् । विदेशमन्त्री स्वराज बिमस्टेकको बैठकमा भाग लिन नेपाल आएकी भए पनि राजनीतिक तहमा चीनको विषय उठाएकी छन् ।

उपप्रधानमन्त्री वाङ पाकिस्तानको स्वतन्त्रता दिवसमा सहभागी भएर स्वदेश फर्कने क्रममा तीन दिन नेपालमा बिताएका छन् । उपप्रधानमन्त्री वाङ र विदेशमन्त्री स्वराज दुवैले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीका साथै विभिन्न दलका नेताहरुलाई भेटेर आफ्नो देशको महत्वका विषयमा कुरा राखेका छन् ।

नेपाल भ्रमणमा रहेकै बेला उपप्रधानमनत्री वाङले चीनले बाढीपीडितको सहयोगार्थ एक करोड अमेरिकी डलर सहयोग गर्ने पनि घोषणा गरे पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि देउवालाई फोनमै सहयोग गर्ने वचन दिएका छन् ।

भारतसँगको सम्बन्धमा जनस्तरमा देखिएको कटुता र चिसोपनले पनि प्रधानमन्त्रीलाई थप समस्यामा पारेको छ । नेपालका छिमेकीहरुसँगको सम्बन्ध विस्तारै भारतपट्टी झुक्नुको साटो सन्तुलित हुन थालेको परराष्ट्रविद्हरु बताउँछन् । यस्तै खुला सीमा र भौगोलिक अवस्थितिले पनि नेपाललाई भारतकै निकट बनाएको छ, खबर देशान्तरमा छ ।

यस अर्थमा पनि प्रधानमन्त्री देउवा अत्यन्त अप्ठ्यारो समयमा भारत जान लागेका छन् । दोक्लाम विवादको छिटा नेपालको दुवै छिमेकीसँगको सम्बन्धमा पर्न दिनु नहुने एउटा पक्ष छ भने भारतको सेनामा ठूलो संख्यामा नेपालीहरु कार्यरत रहेको विषयमा पनि देउवाले विचार गर्न आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah