रुकुम काँग्रेसले निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा सांसद्लाई नै पार्टीको साधारण सदस्य समेत नरहनेगरी निस्काशित गरेको छ । काँग्रेस सांसद् मिठु मल्लले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी आफूमाथिको कारबाही पूर्वाग्रही रहेको बताएपछि उनीमाथिको कारबाहीको कुरा बाहिर आएको हो ।

मल्लले कार्यक्रमपछि हाम्राकुरासँग कुराकानी गर्दै रुकुम काँग्रेसले आफूलाई प्रमाणविहीन रुपमा पार्टीको साधारण सदस्य समेत नरहनेगरी निष्काशित गरेको बताईन् । उनले रुकुम काँग्रेसलाई आफूविरुद्धको आरोप पुष्टि गर्न चुनौती दिँदै आफू नेतृत्व तहमा पुगेको रुकुम काँग्रेसले देखि नसहेको बताईन् । तर, जसले जे जति विरोध गरेपनि आफू मैदानमा आईसकेको भन्दै अब कसैले आफूलाई रोक्न नसक्ने बताईन् ।

सांसद मल्लले भनिन्,‘म त्यतिबेला सहरी राज्यमन्त्री थिएँ, यो कुरा कति पत्याउन लायक छ ? त्यस्तो अवस्थामा मैले पार्टीको आस्था र मयार्दालाई शिरमा राखेर निर्वाचनमा पार्टीलाई विजयी बनाउन खटिएँ तर पार्टीका साथीहरुले यस्तो गैर–जिम्मेवार र व्यक्तिगत रिसिईबीले गर्दा आज चरित्र हत्या गर्न खोजिएको छ, अब हामी जतिपनि कारवाहीमा मुछिएका छौं, हाम्रो समस्या समाधानको लागि केन्द्रीय नेता र केन्द्रिय कार्य समितिमा जान्छौँ ।’

उनले अघि थपिन्, ‘म २०४७ सालमा सुशील कोइरालाले मलाई नेपाल महिला संघको अध्यक्ष बनाउनु भएको थियो, मेरो परिवारले काँग्रेसको लागि ठुलो योगदान छ, मलाई जुन कारवाही गरिएको छ यो मिथ्था हो, सबै साथीहरुलाई मेरो आग्रहछ तपाई विचलित नहुनुहोस् हाम्रो जित्ने दिन आउँछ ।’

रुकुम क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सुरतजंग मल्लले स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई घात गरेको स्पष्ट प्रमाण कसैले दिएको खण्डमा कार्वाही भोग्न तयार रहेको बताए । सभापति मल्लले भने, ‘मैले स्थानिय तहको निर्वाचन सक्दो सहयोग गरेको छु, हाम्रो क्षेत्र भनेको माओवादीको पकड ईलाका हो, हाम्रो पार्टीले उम्मेदवार छान्ने र संगठन बलियो बनाउने काममा गल्ति गरेको थियो तर मैले कुनै पनि हालतमा पार्टीको भलाई नै आफ्नो हित ठानेर दिन–रात निर्वाचनमा डटेर लागे तर आज मिथ्था आरोप लगाएर हामीलाई नै कार्वाही गरिएको देख्दा अच्चम्म लागेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah