प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिमण्डल विस्तार गरेका छन् । प्रधानमन्त्री देउवाले आइतबार मन्त्रिमण्डलमा ८ राज्यमन्त्री थप गरेका हुन् । देउवाले थप गरेको सबै राज्यमन्त्रीहरु माओवादी केन्द्रको कोटाका हुन् ।
यो संगै गएको जेठ २४ गते गठन भएको मन्त्रिमण्डल ३१ सदस्यीय भएको छ । मन्त्रिमण्डलमा तीन उपप्रधानमन्त्री, १९ मन्त्री र ८ राज्यमन्त्री भएका छन् ।
आइतबार थपिएका मध्येमा मोहम्मद जाकिर हुसेन (महिला, बालिकालिका तथा समाज कल्याण), रामसिंह यादव (स्वास्थ्य), श्यामकुमार श्रेष्ठ (गृह), शम्भुलाल श्रेष्ठ (ऊर्जा), कर्णबहादुर विक (आपूर्ति), छमबहादुर गुरुङ (सहरी विकास), गोमा कुँवर (पशुपक्षी विकास) र ओङ्दी शेर्पाले (सामान्य प्रशासन) राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न आयोजित समारोहमा प्रधानमन्त्री देउवाले राज्यमन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ दिलाए । देउवाको मन्त्रीमण्डल समेत नयाँ संविधानले तोकेको भन्दा ठूलो भइसकेको छ ।



