बिष्णुप्रसाद पोखरेल
दमक/पूर्वको पबित्र धार्मिक स्थल पाथिभरा मन्दिरमा करिब ७ बर्षदेखि जम्मा भएको भेटी अर्थात मन्दिरमा चढाइएका सिक्का सोमबार झापाको दमकमा दूइ वटा ट्रकमा हालेर ल्याइएको छ । सिक्कालाइ दमकको कन्काइ बिकास बैकले लिने भएपछि दमक ल्याइएको हो ।
पाथिभरा मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समिति मार्फत कन्काइ बिकास बैकले उक्त सिक्काहरु ल्याएको हो । सिक्कालाइ धोइपखालि गर्नका लागि बैकका सञ्चालक माधव पराजुलीको आँगनमा झारिएको छ ।
https://www.youtube.com/watch?v=KdlIRBTSjQA&feature=youtu.be
समितिका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष रणबहादुर कार्कीका अनुसार १५ हजार ७ सय ५० केजि सिक्काहरु ल्याइएको छ । अरु बैकले यति ठूलो परिमाणको सिक्का लिन नमानेको अवस्थामा कन्काइ बैकले मानेकाले ७ बर्षदेखि मौज्दात रहेको सिक्का यहाँ ल्याइएको हो । ढुवानी खर्च बैकले नै बेहोरेको छ ।
बैकका कार्यकारी प्रमुख प्रकाशमान बज्रचार्यका अनुसार आफूहरुका सबै शाखाहरु मार्फत उक्त भेटि इच्छुकले लैजाने ब्यवस्था मिलाइने छ । बैकले सिक्काहरु गनेर त्यो बराबरको रकम समितिको खातामा हालिदिने छ ।
पाथिभरा मन्दिरमा चढाइएको भेटी लिन इच्छुकहरुले जति रकम लिने त्यो तिरेपछि त्यहि बराबरको सिक्का भेटी पाउने ब्यवस्था मिलाइने बताइएको छ ।
https://www.youtube.com/watch?v=KdlIRBTSjQA&feature=youtu.be



