नेपाल प्रहरी राजनीतिक हस्तक्षेपले थिलथिलो भएको छ । सरकारले २०७३ फागुनमा वरिष्ठता मिचेर प्रहरी महानिरीक्षक नियुक्ति गरेपछि असहज परिस्थिति भोग्दै आएको प्रहरी फोर्स अहिलेसम्म सहजरुपमा परिचालन हुन सकेको छैन ।

नागरिक सरकारको कमाण्डमा चल्नुपर्ने प्रहरी संगठन विगतमा अदृश्य शक्तिबाट जसरी परिचालन भयो, अहिले पनि त्यही शैलीमा आईजीपी प्रकाश अर्यालको नेतृत्वमा संगठन चल्न थालेको गुनासो छ । सरकारले पनि संगठनलाई व्यवसायिक रुपमा स्वच्छ र स्वस्थ रुपमा परिचालन नगरी सरुवा बढुवामा व्यक्तिगत स्वार्थ, राम्रालाई भन्दा हाम्रालाई प्राथमिकता दिने, कोशेली थैली भेट गर्नेलाई काँध थाप्ने गरेका कारण आम प्रहरी फोर्सको मनोबल गिरेको अवस्था छ ।

यसरी मनोबल गिरेको प्रहरी संगठ नवराज सिलवाल गुट, प्रकाश–उपेन्द्रकान्त अर्याल गुट, जयबहादुर चन्द गुटमा विभक्त छ । एकले अर्कालाई असहयोग गर्नेमात्र होइन, निमिट्यान्नै पार्ने दुस्प्रयासले गर्दा संगठनभित्र नैराशयता उत्पन्न भएको छ । जसका कारण शान्तिसुरक्षा र आगामी दिनमा हुन गइरहेको प्रदेश र संघीय निर्वाचनमा समेत यसको प्रत्यक्ष असर पर्ने अवस्था देखिएको छ ।

आईजीपी अर्यालले फोर्सलाई व्यवसायिक रुपमा परिचालन गर्ने भन्दा पनि व्यक्तिगत लाभहानीको आधारमा संचालन गर्दा प्रहरी संगठनको व्यवसायिकता धरापमा परेको छ । आफूले चहेको र भनेजस्तो नहुँदा डीएसपीदेखि एसएसपीसम्मको सरुवा समेत धेरै दिनसम्म रोक्ने काम आईजीपी अर्यालबाटै भएको छ ।

वर्तमान आईजीपी अर्यालले संगठनलाई स्वच्छ, स्वस्थ र व्यवसायिक रुपमा अगाडि बढाउने भन्दा पनि आफ्ना श्रद्धेय गुरु मानिएका उपेन्द्रले जे जे भन्छन् त्यही त्यही गर्ने र उनकै सल्लाहमा संगठन चलाउने गरेपछि फोर्समा अन्योल र असन्तुष्टी बढेको छ ।

उपेन्द्रकान्त अर्यालको कार्यकालमा नेपाल प्रहरी सिंहदरबारको निर्देशनमा भन्दा टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको निर्देशनमा चल्ने गरेको आरोप थियो ।

तत्कालीन गृहमन्त्री वामदेव गौतम र विमलेन्द्र निधिसम्मलाई तह लगाएर प्रहरी विभाग हाँकेको दम्भ बोकेका आफ्ना गुरु उपेन्द्रकान्त अर्यालको निर्देशनमा प्रकाश अर्याल चल्ने गरेको उनका क्रियाकलापले देखाएको छ । राजेन्द्रसिंह भण्डारी र सुरेन्द्रबहादुर शाहलाई समेत तह लगाउन सपल भएको दम्भ बोकेका उपेन्द्रकान्त अर्यालकै पदचिह्नमा प्रकाश अर्याल पनि अघि बढेको महसुस प्रहरी अधिकृतहरुले गर्न थालेका छन् ।

गृहमन्त्री जनार्दन शर्माले सुरेन्द्रबहादर शाहलाई सुरक्षाविज्ञमा नियुक्ति गरेपछि उपेन्द्रकान्त अया्र्रल र प्रकाश अर्यालको मथिङ्गल खल्बलिएको चर्चा गृहमा हुने गरेको छ । अर्यालद्वयले शाहलाई डीजीपीको रुपमा लिएपछि गृह र प्रहरी विभागको मनमुटाव बढेर गएको छ ।

जसको प्रत्यक्ष असर प्रहरी अधिकृतहरुको सरुवामा देखिएको छ । गृहले पठाएको सूची सुरक्षा विज्ञ शाहले बनाएको भन्दै उपेन्द्रकान्तले त्यो सूची नै रद्दीको टोकरीमा फाल्ने सल्लाह दिएको चर्चा छ । र, गुरुले दिएको सल्लाहलाई शिरोधार्य गर्दै प्रकाश अर्यालले डीएसपीदेखि एसपीसम्मको सरुवामा आफूखुसी गरेको आरोप गृहको छ ।

नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले पूर्वआईजीपी (हाल छायाँ आईजीपी) उपेन्द्रकान्त अर्यालको निर्देशनमा प्रहरी डीएसपीदेखि एसपीको सरुवा र पदस्थापन गरेका छन् । एसपीसम्मको सरुवा गर्ने अधिकार आईजीपीलाई दिइएको छ ।

उनले प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयबाट पठाएको सूची अनुसार सरुवा नगरी पूर्वआईजीपी उपेन्द्रकान्तका निकटहरुलाई महत्वपूर्ण ठाउँ दिएको आरोप छ । गृहमन्त्री जनार्दन शर्मालाई समेत सरुवामा जिल्लाराम पारिदिएका छन् ।

प्रहरी सरुवामा गृहमन्त्री नै जिल्ल !
माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका सदाबहार बडीगार्ड डीएसपी दानबहादुर मल्ललाई महानगरीय वृत्त दरबारमार्गमा सरुवा गर्न गृहमन्त्रालयको निर्देशन अटेर गर्दै उनले उपप्रधानमन्त्री कृष्णबहादुर महराका ज्वाँई तिलक भारतीलाई सरुवा गरेका छन् ।

मल्लमात्र होइन, माओवादी नेताहरुकोबाट सार्स लगाउने डीएसपीहरु कसैको पनि भनेको ठाउँमा सरुवा नभएको गुनासो छ । माओवादी सुप्रिमो प्रचण्डले गृहमन्त्रीलाई यसबारेमा सोधिसकेको बताइन्छ । गृहमन्त्रालय माओवादीको भागमा छ, तर पार्टीको सिफारिस अनुसार किन प्रहरी अधिकृतहरुको सरुवा भएन भनेर प्रचण्डले गृहमन्त्रीलाई र्याखर्याख पारेका छन् ।

जिल्लाको इन्चार्ज भएर आएपछि फेरि जिल्ला पठाउन नमिल्ने भएपछि प्रचण्डले गृहमन्त्री शर्मालाई मल्ललाई दरबारमार्ग वृत्तमा सरुवा गर्न निर्देशन दिएको चर्चा छ । भारतीलाई रसुवा र मल्ललाई दरबारमार्गमा सरुवा गर्ने सूची गृहमन्त्रालयबाट गएको थियो । तर २०७४ साउन ३२ गते मध्यराति निस्किएको सरुवामा दरबारमार्ग वृत्तमा भारतीको नाम आयो ।

मल्लले यो कुरा तुरुन्त प्रचण्डलाई बताए । मल्लको सरुवा दरबारमार्गमा नभएपछि प्रचण्ड प्रहरी संगठन कसले चलाएको छ, गृहमन्त्रालय हाम्रो छ, हाम्रो मान्छे किन भनेको ठाउँमा सरुवा हुँदैन भनेर गृहमन्त्रीसँग नै सोधेको स्रोतले बतायो । आईजीपी बनाउन महराले ठूलो सहयोग गरेकाले आईजीपी अर्यालले उनले भनेका केहीलाई ठाउँ दिएको प्रहरी स्रोत बताउँछ ।

अरु सबै आईजीपी प्रकाशका गुरु उपेन्द्रकान्त अर्यालको निर्देशनमा डीएसपी र एसपीको सरुवा भएको चर्चा हेडक्वार्टरमा छ । प्रचण्डका मात्र होइन, गृहमन्त्री शर्माले काठमाडौंका वृत्तहरुलगायतका जिल्लामा सरुवा गर्न पठाएका नाम अनुसार आईजीपीले सरुवा नगरेको गृह स्रोत बताउँछ ।

गृहमन्त्रालयले बानेश्वर वृत्तमा सुधीरराज शाहीको नाम पठाएकोमा रवि पौडेल सरुवा भएका छन् । सोह्रखुट्टेमा उपेन्द्रकान्तका निकटका दीपक पोखरेललाई सरुवा गरेका छन् । गृहले सोह्रखुट्टेमा अर्कैको नाम पठाएको थियो । आभूषण तिम्सिनालाई उपत्यकाको बौद्ध, बालाजुमा सरुवा गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका थिए ।

तर आईजीपी अर्यालले उपत्यकाको कालापानीका रुपमा लिइने चापागाउँ वृत्तमा पठाएका छन् । बुटवल इलाका प्रहरी कार्यालयमा ५ महिनापछि शान्ति मिसनमा जाने डीएसपी पवन भट्टराईलाई पठाइएको छ । भट्टराई पनि उपेन्द्रकान्तकै सिफारिसमा सरुवा भएका हुन्, खबर साँघुमा उल्लेख गरिएको छ ।

प्रहरीका डीएसपी सरुवामा प्रकाश अर्यालले उपेन्द्रकान्तको सिफारिसमा गरेका यी केही उदाहरण हुन् । धेरै ठाउँमा छायाँ आईजीपी उपेन्द्रकान्तकै सिफारिसमा प्रकाश अर्यालले सरुवा गरेको चर्चा प्रहरी हेडक्वार्टरमा हुने गरेको छ । न्यूज अभियान बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah