दमक / यौन धन्दामा संलग्न भएको आरोपमा प्रहरीले झापाको दमकबाट आइतबार दिउसो १८ जोडीलाई पक्राउ गरेको छ । यौन धन्दामा संलग्न भएको भन्दै विभिन्न होटल तथा लजहरुबाट ती जोडीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

पछिल्लो समय दमकका होटलमा पेसेवर यौनकर्मीको संख्या बढ्दै गएको जनगुनासो बढेपछि प्रहरीले यहाँका होटल तथा लजहरुमा छापा मारेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरी निरीक्षक मिलन बस्नेतका अनुसार दमक–६ स्थित साईनो होटलबाट २ जोडी , दमक–८ को कनकाई होटल एण्ड लजबाट ५ जोडीलाई आपत्तिजनक अवस्थामा पक्राउ परेका छन् ।

यस्तै दमकको वेलडाँगी रोडको सौगात होटलबाट एक जोडी तथा त्यही होटलमा पेसेवर रुपमा कार्यरत एक महिला यौनकर्मीलाई पक्राउ गरिएको उनले जानकारी दिए । प्रदेश आवाजमा खबर रहेको छ पक्राउ परेकाहरु माथि प्रहरीले अनुसन्धान शुरु गरेको छ ।