बिपिपि/दमक

बहुचर्चित संबिधान शशोधन प्रस्ताव फेल भएको छ । यसले सरकारको नैतिकता माथि प्रश्न उठेको छ । सरकारले जसरी पनि संबिधान शंशोधन प्रस्ताव पास गर्ने भन्दै ल्याएको थियो तर फेल भयो ।

अब के होला ? र अवको राजनीति कसरी अघि बढ्ला भनेर सबैमा जिज्ञासा पैदा भएको छ । बिशेष गरेर सरकार र सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवासामु नैतिकताको प्रश्न उब्जिएको छ ।

धेरैजसो मूलकका अभ्यासहरुमा सरकारले ल्याएका प्रस्तावहरु फेल हुँदा सरकारको नेतृत्वकर्ताले राजिनामा दिने प्रचलन रहेको राजनीतिक बिश्लेषकहरु बताउछन् । नैतिक संकट उत्पन्न हुने भएकाले यस्तो अवस्थामा राजिनामा आउने गरेको उनिहरुको भनाइ रहेको छ ।

नेकपा एमालेले यस बिषयमा आफ्ना धारणा सार्वजनिक गरिसकेको छैन । तर दलका शिर्ष नेताहरुले भने देउवाको राजिनामा आउनेमा आशाबादी रहेको बताउन थालेकाछन् ।

पूर्व सभामुख समेत रहेका सुवास नेम्बागले नैतिक संटकमा सरकार फसिसकेको जनाएकाछन् । प्रदिप नेपालले अन्य मूलकमा भए अहिलेसम्म राजिनामा आइसक्ने भनेर टिप्पणी गरेकाछन् ।

यद्यपि सत्तारुढ दलको औपचारिक धारणा आइसकेको छैन । प्रधानमन्त्रीको समेत औपचारिक भनाइ आएको छैन । बिपक्षि दलहरुले पनि ठोस आफ्ना धारणा बाहिर ल्याइसकेका छैनन् ।

स्थानीय तहको तेश्रो चरणको निर्वाचनको संघारमा र प्रदेश र प्रतिनिधिसभाको मिति घोषणा भएको दिन भएको सरकारको असफलताले अब केहि दिन सरकारको नैतिकताको बिषयमा बहस चल्नेछ ।

यद्यपि तत्काल शेरबहादुर देउवाको प्रधानमन्त्रीबाट राजिनामा आउने सम्भावाना रहेको छैन । देउवा भारत भ्रमणको अन्तिम तयारीमा रहेकाछन् । यसले गर्दा यो बिषय उनका लागि प्राथमिकताको बिषय समेत भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय