क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुदैन

जति पढ्यो पढिरहूँ झैँ लाग्ने समसामयिकता भरिएका मन छुने यी हरफहरू महाकवि देवकोटालाई नचिन्दा देखिनै कण्ठस्थ भन्न सक्थेँ म । स्रष्टा नचिने, अर्थ नबुझे पनि ठूलो स्वरले लय हाली-हाली गाउँथेँ । कक्षा ३ मा पुगेपछि मेरो नेपाली किताबको बीच पेजतिर रहेछन् मुनामदनका यी हरफहरू । अब सबैभन्दा पहिले पल्टने पेज नै त्यही थियो- ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।’ लालछाप थियो मेरो बाल मस्तिष्कमा । यिनै हरफ नै देवकोटासँगको पहिलो परिचय थियो मेरो ।

तत्कालीन माओवादी कार्यकर्ताहरू गाउँमा आई छुवाछुत अन्त्यको कुरा गर्दा यिनीहरू ठूला मानिस रहेछन् झैं लाग्थ्यो । त्यस्तै मेरो नेपाली किताब कक्षा ४ को पहिलो पेजमा थियो यिनै देवकोटाका ‘पाप लाग्छ’ कविता । जब फूल टिप्न, फूलमा आएका पुतली समाउन हात लम्कन्थे, यिनै हरफहरू ‘नटिप्नू हेर कोपिला नचुड्नु पाप लाग्दछ, नछोप्नू है चरिवरी सराप आसु लाग्दछ..’ सम्झेर पछि हट्थेँ । सकारात्मक बाटो हिडाउने, सन्देशमुलक, बाल सुलभ अनि बाल प्रिय छन् देवकोटा ।

सानैदेखि तिहार लक्ष्मी पूजा अनि लक्ष्मीप्रसाद एकअर्काका पर्यायझैँ लाग्थ्यो । तिहार नजिकिँदै गर्दा बारी भरी लहलह झुलिरहेका धानका बाला, आफ्नै मेहनतले आँगनभरी फुलिरहेका सयपत्री र मखमली जन्मभूमिको याद अनि त्यो बालापन फर्केझैँ लाग्ने हजुरबुवाको प्रेरणाले होला, कविता भनेपछि खोजीखोजी पढ्न मन लाग्थ्यो । त्यसमाथि देवकोटाका कविता प्रिय थिए ।

वि. सं. १९६६ कार्तिक २७ गते बुवा तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीको कोखबाट साहिलो छोराको रूपमा देवकोटाको जन्म भएको थियो । लक्ष्मी पूजाको दिन घरमा लक्ष्मी भित्र्याउँदै गर्दा जन्मिएका देवकोटा लक्ष्मीको प्रसादस्वरुप सरस्वतीको प्रसादका रूपमा प्रख्यात भए । नेपाली साहित्यमा स्वच्छन्दतावादका प्रवर्तक देवकोटाको चर्चित खण्डकाव्य हो ‘मुनामदन’। जुन अहिलेसम्म नेपाली समाजमा समसामयिक देखिन्छ । एक रातमा कुन्जिनी खण्डकाव्य, दश दिनमा शुलोचना (महाकाव्य), शाकुन्तल, म्हेन्दु, वनकुसुमलगायत थुप्रै काव्यका जन्मदाता देवकोटा एक अद्भूत स्रष्टा हुन् ।

अंग्रेज़ी भाषामा समेत दख्खल देवकोटाको चर्चित ‘पागल’ कविता अंग्रेजीमा पनि छापिएको छ । महाकवि मात्र नभई उनी निबन्धकार पनि हुन् । ‘उद्देश्य के लिनू उडि छुनु चन्द्र एक’ भन्ने दूरदृष्टिका देवकोटाले नेपाली भाषा र साहित्यलाई धनी बनाए । नेपाली साहित्यको जाज्वल्यमान तारा देवकोटालाई विश्वमाझ चिनाउन सके मात्र नेपाली भाषा साहित्य र देवकोटाप्रति सम्मान होला ।

नेपाली काव्यका धरोहर महाकविका कृति सँधैभर अमर रहिरहनेछ । नेपाली साहित्यमा देवकोटाको अभाव सधैँ भर खड्किरहने छ …

आऊ लेख्न अझै मुनामदनका उस्तै छ व्यथा यहाँ
यै पापी धनको पछि अरबमा रोका कथा छन् यहाँ
जन्मिउन फेरि यहाँ मुनामदनका लेखुन कहानीहरु
आशैआस मुना उता बकसमा खै देवकोटा हरू ???

साझा पोस्ट बाट सभार गरिएको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah