प्रशासनको अनुगमनका क्रममा न्यून विजीकिकरण भेटिएका नारायणगढका कपडा व्यवसायीहरुले न्युन विजिकीकरण आफूहरुको बाध्यता रहेको बताएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा बोल्दै उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले न्यून विजीकिकरण चितवनको मात्र नभइ देशकै समस्या भएको बताए । केन्द्रिय स्तरबाटै यस विषयमा बहस गरी समस्या समाधान गर्नुपर्ने अध्यक्ष गौतमले बताए ।

जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ बजारका कपडा र फेन्सी पसलहरुको केही दिन देखि नियमित अनुगमन गरिरहेको छ । कपडा बिक्रीमा देखिएको अनियमितता र मुल्यमा भएको अस्पष्टाबारे प्रशासनलाई आधिकारिक जानकारी दिन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले आग्रह गरेका छन् । व्यवसायीले न्यून विजीकीकरणको समस्या देखाएर राज्य र उपभोक्तलाई ठगेको भन्दै प्रजिअ भट्टले बास्तविक मुल्यको २० प्रतिशत भन्दा बढी नाफा नखाइ बेच्न निर्देशन समेत दिए ।

कपडा विक्रीमा ब्रह्मलुट
नारायणगढका केही कपडा पसलले खरिद गरेको भन्दा हजारौं गुणा बढीमा कपडा बेच्ने गरेको पाइएको छ । बजार अनुगमनका क्रममा उक्त तथ्य बाहिर आएको हो । भारतबाट भारतीय मुल्य ५ सय ७५ (नेपाली मुल्य ९२०) पर्ने सारीको यहाँ १८ हजार रुपैयाँ विक्री भइरहेको बजार अनुगमन अधिकृत ओम शर्माले बताए । एउटै सारीको मुल्य पसल अनुसार ५ ÷७ हजार सम्म फरक पर्ने गरेको समेत उनले जानकारी दिए ।केहि दिन देखी लगातार प्रशासनले कपडा पसलहरुको अनुगमन गरी खरिद र बिक्री बिल नियन्त्रणमा लिएको छ । ब्यवसायीले राजस्व छल्न न्युन बिजिकरण गर्ने गरेको देखिएको उपभोत्ता अधिकार संरक्षण मन्च चितवनका उपाध्यक्ष बिष्णु भुषालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah