काठमाडौं । डाक्टर गोविन्द केसीसँग गरेको सम्झौताको ठाडो उल्लंघन गर्दै झुटो प्रतिवेदन बनाएर कुनै पनि पूर्वाधार पुरा नगरेको काठमाडौँ कालिकास्थान स्थित काठमाडौँ नेसनल मेडिकल कलेजलाई त्रिभूवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाले अबैध सम्बन्धन दिएको भन्दै विवेकशील साझा पार्टीका कार्यकर्ताहरु आन्दोलनमा उत्रिएका छन् ।  म‌ंगलबार  चिकित्सकहरु तथा चिकित्सा अध्ययन संस्थानका विद्यार्थीहरुले त्रिवि उपकुलपति तीर्थ खनियाँको राजीनामा माग गर्दै उपकुलपति कार्यालय अगाडि "घण्ट" सभा गरेका हुन्।

"घण्ट" सभामा बोल्दै विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य शशी विक्रम कार्कीले ३ करोड नेपालीको आवाजलाई प्रतिनिधित्व गर्ने  डाक्टर केसीको माग लत्याउँदै दिईएको सम्बन्धन गैरकानुनी भएको भन्दै उपकुलपति  खनियाँको राजीनामा माग गरे साथै तत्काल उक्त सम्बन्धन खारेज गरी माथेमा आयोगको प्रतिवेदन अनुरुप पहिला चिकित्सा शिक्षा ऐन पास गरेर मात्र सम्बन्धनको काम आगाडि बढाउन माग गरे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रममा सहभागीहरु घण्ट तथा झ्यालीका साथ उपस्थित भएका थिए। साथै, कार्यक्रमलाई निरन्तरता दिदै भोलि मिति २०७४ भाद्र ७ गते बुधबार दिउसो १ बजे सिंहदरबार अगाडि 'घण्ट' सभा गरिने जानकारी कार्कीले दिए। हाम्रा कुरा बाट