दमक/दमक उद्योग बाणिज्य संघले आफ्नो साधरणसभा तथा बार्षिकोत्सवलाइ सबैले अनुकरण गर्न योग्य तरिकाले मनाउन शुरु गरेको छ । आफ्नो २७ औ स्थपना दिवस तथा २६ औ बार्षिक साधरणसभामा सहभागि रहेका अतिथिदेखि लिएर ब्यवसायिसम्मले खुलेर संघका पदाधिकारी र कार्य समितिको प्रशंशा गरेकाछन् ।

कार्यक्रममा न कुनै तडकभडक थियो न त ब्याचहरु नै बनाइएको छ । कसैलाइ दोसल्ला पनि ओडाईएको थिएन । धेरै मन्तब्य र अतिथिलाइ एकपटक बोलाएपछि फेरी दोर्याएर बोलाइएको पनि थिएन ।

११ बजेदेखि शुरु भएर २ बजे सकिने भनिएको औपचारिक कार्यक्रम शुरुवात पानी परेर आधाघण्टा ढिला भएपनि निर्धारीत समय ठिक २ बजे नै सकिएको थियो ।

सुबिधासम्पन्न र अत्याधुनिक आफ्नै सभाहलमा आयोजना गरेको साधरणसभा तथा बार्षिकोत्सव कार्यक्रममा अतितिहरुलाइ ब्याच र खादाको सट्टा ढाका टोपी पहिर्याएर स्वागत गरिएको थियो ।

संघ अध्यक्ष ढकालले यो शुरुवात भएको बताउदै यसले स्थानीय उत्पादनलाइ प्रोत्साहनमात्र गरेको नभइ नसड्ने प्रकारका सामाग्रि उपयोगमा कमी गर्ने अभियान पनि भएको बताए ।

झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बक्ताहरु पनि सिमित मात्र रहेका थिए ।

उनिहरुलाइ पनि समय बोल्न ३ मिनेटमात्र तोकिएको थियो जसका कारण कार्यक्रम निर्धारीत समयमा नै सकिएको थियो । बाणिज्य संघको परिमार्जित हल र कार्यक्रमको फेहरिस्त अध्यक्षले बाचन गर्दा ब्यवसायिहरु नै अचम्मित भएका थिए ।

प्रजिअ तिवारी, नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य उमेश डालमिया, दमक नगरपालिकाकी उपमेयर गीता अधिकारी, राष्ट्रिय बाणिज्य संघ दमकका अध्यक्ष भरत चम्लागाइ लगायतले शुभकामना मन्तब्य राख्दै बाणिज्य संघको भवनको परिवर्तित रुप र खेलेको भूमिकाको प्रशंशा गरेका थिए ।

साधरणसभा तथा बार्षिकोत्सव ब्यवस्थापन उप समितिका संयोजक बिमल खतिवडाले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालक रहेका गोपाल गुरागाइले अब बाणिज्य संघले गर्ने हरेक कार्यक्रम निर्धारण गरेको समयमा नै शुरु हुने भन्दै सबैलाइ यो कुरा बुझिदिन आग्रह गरेका थिए ।

बाणिज्य संघले साधरणसभा तथा बार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको स्वास्थ्य शिबिरमा सहयोग पुर्याउने सबैलाइ प्रशंशापत्र प्रदान गरेर काममा थप हौसला प्रदान समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah