नेपाली काग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले बाढि पीडितका लागि सहयोग पुर्याउन शुरु गरेको “माया भरिएको बाल्टिन ” अभियान अन्तर्गत झापाको भद्रपुर नपा ५ मेची किनारमा रहेका ८६ पिडित परिवार लाई “माया भरिएको बाल्टिन ” सहयोग गरेको छ ।
सो वाडका बाडध्क्षय बन्धु कार्की ,नेका झापा क्षेत्र न ३ का सभापती गणेश पोख्रेल लगायतको उपस्थितीमा बाल्टिन बितरण गरिएको नेबि संघका केन्द्रिय सदस्य निरज अग्रवालले बताए ।
बाल्टिनमा एउटा ब्ल्यान्केट, चामल, दाल तेल.चाउचाउ लगायत सामाग्री राखिएको थियो । बाल्टिन लिएर आउनु भ्एका नेबि सघ केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुबेदीका अनुसार यो अभियान अन्तर्गत देश भरी मा ११६५ बल्टिन बितरण गरिएको छ भने झापा मा २६५ थान बाल्टिन बितरण भएको छ ।



