काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस र फोरम लोकतान्त्रिकको तर्फबाट १५ राज्यमन्त्रीलाई मंगलबार पद तथा गोपनियताको सपथ गराएका छन् । आइतबार माओवादी केन्द्रका तर्फबाट केही राज्यमन्त्रीहरुको सपथ गराएको तीन दिनपछि प्रधानमन्त्री देउवाले पुन कांग्रेस र फोरम लोकतान्त्रिकको तर्फबाट १५ राज्यमन्त्रीहरुको सपथ गराएका हुन् ।
राज्यमन्त्रीमा सपथ लिनेहरुमा शेषनाथ अधिकारी, सीता गुरुङ, उदय शमशेर राणा, नरबहादुर चन्द, तप्तबहादुर विष्ट, अब्दुल रजाक, डिल्ली चौधरी, चम्पादेवी खड्का, दिलमान पाख्रिन, सरिता प्रसाईं, अमरसिंह पुन र तेजुलाल चौधरी रहेका छन् । त्यस्तै फोरम लोकतान्त्रिकबाट जनकराज चौधरी,सुमित्रा थरुनी र यसोदा कुमारी लामा रहेका छन् । सपथ लिने राज्यमन्त्रीहरुलाई दिइएको जिम्मेवारी यस्तो छ: उनीहरुलाई जिम्मेवारीसहित प्रधानमन्त्री देउवाले सपथ गराएका हुन् ।
१.सरिता प्रसाईं- कृषि बिकास राज्यमन्त्री
२.अमरसिंह पुन- सिचाइ राज्यमन्त्री
३.तेजुलाल चौधरी- युवा तथा खेलकुद राज्यमन्त्री
४. दिलमान प्राखिन- कानुन राज्यमन्त्री
५. अब्दुल रज्जाक-खानेपानी तथा सरसफाइ राज्यमन्त्री
६. शेषनाथ अधिकारी- शिक्षा राज्यमन्त्री
७. सीता गुरुङ- भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री
८. नरबहादुर चन्द- वाणिज्य राज्यमन्त्री
९. तप्त बहादुर बिष्ट- सूचना तथा सञ्चार राज्यमन्त्री
१०. उदय शमशेर राणा- अर्थ राज्यमन्त्री
११. डिल्ली बहादुर चौधरी- श्रम तथा रोजगार राज्यमन्त्री
१२. चम्पादेबी खड्का- सहकारी तथा गरिबि निवारण राज्यमन्त्री
१३. जनकराज चौधरी- सङ्घीय मामिला तथा स्थानीय विकास
१४.सुमित्रा थरुनी-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१५.यसोदा कुमारी लामा-भूमिसुधार तथा व्यवस्था



