बिष्णुप्रसाद पोखरेल
दमक/पबित्र धामिक स्थल पाथिभरा मन्दिरमा भेटीको रुपमा चढाइएको पन्ध्र टनभन्दा बढि रकम झापाको दमकस्थित कन्काइ बिकास बैकले ल्याएपछि अहिले चर्चाको बिषय बन्न पुगेको छ ।
बर्षौदेखि थन्केको सिक्कालाइ बैकले लिइदिने भएपछि पाथिभरा मन्दिर संरक्षण तथा प्रबद्र्धन समितिले समेत खुसि ब्यक्त गरेको छ ।
https://www.youtube.com/watch?v=RzjFnq7vyd0
कन्काइ बिकास बैकका प्रमुख कार्यकारी अधिकृत प्रकाशमान बज्रचार्यले लामो कसरतपछि यो पैसा दमक आइपुगेको बताएकाछन् । उनले यो रकम दमक कसरी आइपुग्यो भन्ने बिषयमा आफ्ना भनाइ राख्दै यो अवसर भएको समेत जनाए ।
अहिले पाथिभरा मन्दिरबाट ल्याइएको सिक्काहरु कन्काइ बिकास बैकका सञ्चालक माधवप्रसाद पराजुलीको घरमा धोइपखालि गर्ने काम भइरहेको छ ।
त्यहाँ फराकिलो ठाँउ भएकाले मन्दिर समिति र बैकका प्रतिनिधि बसेर अहिले यसको ब्यवस्थापन गरिरहेकाछन । कसरी आयो त यो पैसा हेर्नुहोस भिडियो ।
https://www.youtube.com/watch?v=RzjFnq7vyd0



