हप्तामा एकदिन प्रत्येक साता शुक्रबार बन्द हुदै आएको दमक अब बन्द नहुने भएको छ ।

चाडपर्वहरु नजिक आएकाले ब्यापार ब्यवसाय गर्न ब्यवसायि र किनमेलका लागि उपभोक्तालाइ सहज होस भनेर शुक्रबार पनि पसल खोल्ने निर्णय भएको बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले बताएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल गुरागाइले चाडपर्वको समयमा बाहिरबाट समेत किनमेलमा आउनेहरुलाइ शुक्रबार पसल खोल्दा सहज हुने बताएकाछन् ।

बाणिज्य संघका दितिय उपाध्यक्ष युवराज घिमिरेले चाडपर्वलाइ लक्षित गरेर शुक्रबार पनि ब्यापार ब्यवसाय पूर्ववत सञ्चालनका लागि ब्यवसायिलाइ आग्रह गरिएको छ र आउदो शुक्रबार देखि नै पसलहरु खुला रहनेछन् ।

बाणिज्य संघले बजारमा कृत्रिम अभाव हुन नदिन र उपभोक्ताहरुलाइ किनमेलमा सहजता ल्याउनका लागि ब्यवासायिहरुसंग सहजिकरणको काम गरिरहेको बाणिज्य संघका बरिष्ठ अध्यक्ष बिमल खतिवडाले बताए ।

यस्तो छ दमक उद्योग बाणिज्य संघ को सूचना

बिगतका बर्षहरुमा झै यस बर्ष पनि दमक उद्योग बाणिज्य संघको कार्यक्षेत्र भित्र रहेका सम्पुर्ण बजारहरु यही २०७४/५/९गते शुक्रबार देखि अागामी बडादसै ,दिपाबली तथा छठ पुजा सम्म खुल्ला राखी सहयोग गरिदिनु हुन सम्पूर्ण उधोगि तथा ब्यबसायी महानुभाब हरुमा सादर अनुरोध छ। साथै उक्त अबधि भर हप्ताको सातै दिन स्थानीय बजारहरु खुला रहने ब्यहोरा अाम उपभोक्ता महानुभाबहरुलाई जानकारी गराउछौ।

धन्यवाद