बिष्णुप्रसाद पोखरेल
दमक । नेपाल आयल निगमले झापाको मेचीनगरमा किनेको जग्गामा करोडौको भ्रष्टाचार भएको तथ्य फेला परेको छ । स्थानीयले ४ लाख ५० हजार प्रतिकठ्ठा बेचेको जग्गा १३ लाख ५१ हजार रुपिया लगाएर किनेको रहस्य खुलेसंगै यसमा भ्रष्टाचार भएको खुलासा भएको छ ।

संसदको उद्योग, वाणिज्य आपूर्ती तथा उपभोक्ता हित समितिले बुधबार स्थलगत अनुगमन गर्ने क्रममा यस्तो रहस्य खुलको हो । समितिले प्रारम्भिक चरणको अनुगमन तथा छानबिनमा नै भ्रष्टाचार भएको तथ्य फेला पारेको छ ।

समितिले स्थानीयहरुसंग जग्गाको चलनचल्तिको मूल्यको बारे सोधिखोजि गर्ने क्रममा स्थानीय अनिल कुमार कार्कीले अहिले निगमले किनेको जग्गामध्ये आफ्नो पनि ३ बिधा रहेको बताउदै मूल्य बारे खुलासा गरेका हुन् ।

आफूले निगमलाइ नभइ अन्य ब्याक्तिलाइ नै जग्गा बेचेको र अहिले मात्र निगमले किनेको भन्ने थाहा पाएको उनको भनाइ रहेको छ ।

काठमण्डौका नीरज थपलियालाइ ४ लाख ५० हजार रुपैयाँ प्रतिकठ्ठा जग्गा बिक्रि गरेको र यो आफूले धेरै मूल्य पाएर बेचेको उनको भनाइ रहेको थियो ।

प्रदेश नम्बर १ मा पेट्रोलियम पदार्थ भण्डारण गर्ने उद्देश्यले झापाको मेचीनगरमा आयल निगमले २३ बिघा ३ कठ्ठा १३ धुर जग्गा किनेको थियो ।

स्थलगत छानबिन तथा अनुगमनमा पुगेका समितिका सदस्य तथा साँसद दीपक कार्कीका अनुसार चलनचल्तिभन्दा धेरै मूल्य लगाएर संस्थागत भ्रष्टाचार गरेको तथ्यहरु फेला परेकाछन् ।

सुक्ष्म रुपमा अनुगमन र अध्ययन गरेर आफूहरुले यहाँ देखिएको वास्तविक कुरोलाइ तोडमोड नगरि प्रतिवेदन बनाउने उनको भनाइ रहेको छ ।

स्थानीयको भनाइ र चलनचल्ति भन्दा धेरै रकम जग्गामा लगाइएको पाइएको भन्दै यसले मिलेमतोमा भ्रष्टाचार भएको सहजै देखिएको उनले जनाए ।

आफूहरुले पाएको डकुमेन्ट अनुसार आयल निगमले कठ्ठाको १३ लाख ५१ हजार लगाएर खरिद गरेको पाइएको कार्की बताउछन् ।

कार्कीले निगमले आवश्यकताभन्दा धेरै जग्गा किनेको पाइएको भन्दै यो बिषय पनि गम्भिर भएको बताए । समितिले पेट्रोलियम पदार्थ भण्डारण गर्न १० बिगाह जग्गा भए हुने ठहर गरेको र त्यसै अनुसार निर्देशन दिइएको भएपनि निर्देशन विपरीत २४ बिघा जग्गा खरिद गरेको पाइएको कार्कीले जनाएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah