बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमक नगरपालिकाले बिश्व बैकको सहयोगमा ५ बर्षमा ५ अरब लगानी गर्ने योजनाहरु कस्ता बनाउने ? र के कुरामा ध्यान दिन भनेर छलफल चलाएको छ ।
नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार बिश्व बैकले दमकमा बिभिन्न योजनाहरुमा ५ बर्षभित्रमा काम सम्पन्न गर्ने योजनाहरुमा ५ अरब लगानि गर्ने छ ।
बिभिन्न चरणमा बिश्व बैकका प्रतिनिधिहरुसंग छलफल भएर गुरुयोजना बनाउने काम समेत शुरु भइसकेको बताउदै ओलीले अहिले योजनाहरुको बिषयमा राजनीतिक दल लगायत सरोकारवालाहरुसंग छलफल जारी रहेको उनले बताए । यो एउटा अवसर भएकाले सबै मिलेर यसलाइ सफल बनाउनु पर्नेमा उनको जोड रहेको छ ।
छलफलहरुमा खोलाको तटबन्धन, बाटो, सडक निर्माण, ढल, खानेपानी जस्ता भौतिक निर्माणका बिषयहरुमात्र आउने गरेको बताउदै रचनात्मक र आयआर्जन हुने किसिमका कार्यक्रहरुको बिषयमा सुझाव कम आएको ओलीले बताएकाछन ।
उनका अनुसार बिश्व बैकले आयाआर्जन, वातवरणिय संरक्षण र सार्वजनिक महत्वका बिषयहरुमा लगानी गर्ने नीति लिएको छ ।
अहिले सबैसंग छलफल गरेर त्यस किसिमका कार्यक्रमहरुलाइ नगरसभाबाट पास गराएर काम थाल्ने उदेश्य रहेको पनि नगरप्रमुख ओलीले बताएकाछन् ।
नगरको बिकास सबैको साझा दायित्व भएकाले रचनात्मक सुझाव र कार्यक्रमहरु जसले पनि दिन सक्ने बताउदै यसका लागि ओलीले आग्रह गरे ।
नगरपालिका उपप्रमुख गिता अधिकारीले बिश्व बैकले दमकको बिकासमा ठूलो सहयोग पुर्याउन लागेको बताउदै यसले दमकको उन्नती र प्रगतीमा टेवा पुग्ने बताइन् ।
उनले आयआर्जनका कार्यक्रमहरुमा नगरपालिकाले धेरै ध्यान दिने पनि बताइन् । सबैको साथ र सहयोगले नै दमक बिकास सम्भव रहेको उनको भनाइ छ ।



