काठमाडौं, ८ भदौ – प्रधानमन्त्री शेरबहादुर देउवा अहिले पाँच दिने भारत भ्रमणमा निस्किएका छन् । उनले आफ्नी धर्मपत्नी आरजु देउवालाई पनि ‘फस्र्ट लेडि’को रुपमा भारतमा लगेका छन् । आफ्ना पति प्रधानमन्त्री भएको बेलामा पतिसँगै पत्नी पनि भ्रमणमा निस्कनु कुनै नयाँ कुरा भएन । लोकान्तर ले खबर लेखेको छ
हिँजो प्रचण्ड प्रधानमन्त्री हुँदा सिता दाहाल पनि भारत भ्रमणमा गएकै हुन् । अरु नेताहरु प्रधानमन्त्री हुँदा पनि पत्नीलाई ‘फस्र्र्ट लेडि’ बनाएर डुलाएकै हुन्छन् । यहि मेलामा शेरबहादुर देउवा पत्नी तथा सांसद आरजू राणा पनि अहिले भारत भ्रमणमा निस्किएकी छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री देउवाको साथमा राणा पनि देखिएकी छन् । उनीहरु तीन जना उभिएर खिचिएका तस्वीहरु समेत सार्वजनिक भएका छन् । यहि मौकामा नेपालका प्रधानमन्त्री देउवा, भारतका प्रधानमन्त्री मोदी र राणा उभिएको तस्वीर सार्वजनिक भएको छ ।
उक्त तस्वीरमा सबैको ध्यान रााणाले लगाएको सुनको गहनाले खिच्छ । राणाले झण्डै आधा किलोको सुनको ‘दाम्लो’ सिक्री स्वरुप घाँटीमा लगाएकी छन् । उनका सहयोगीहरु सो सुनको गहना आधा किलो हाराहारी भएको बताउँछन् ।
मोदी र देउवाले कुनै गहना लगाएको जस्तो देखिँदैन । सिक्री लगाएको भए देखिने कुरा भएन । उनीहरुले औंठी समेत लगाएको देखिँदैन । तर प्रधानमन्त्रीकी पत्नी गहनाको सौखिन भएपछि कसको के लाग्यो ?
राणाले मोटो सुनको गहना घाँटीमा लगाएकी छन् । नाक, कानमा गहना नहुने त कुरै भएन । तर घाँटीमा लगाएको गहनाले सबैको ध्यान खिचेको छ ।
तीजको दिन रातो साढीमा सजिएकी राणाले तीज नै सम्झिएर झपक्क गहना पो लगाएकी हुन कि ? यो त उनलै जान्ने कुरा भयो । तर गहना चाहिँ उनले सबैको ध्यान खिच्नेगरि लगाएकी छन् ।
उनले लगाएको गहना नक्कली त पक्कै होइन होला !



