काठमाडौं, भदौ ८ –भारतबाट पछिल्लो समय फैलिदै आईरहेको महिलाको चुल्ठो काट्ने हल्ला सुनसरी र मोरङका ग्रामिणस्तरमा भाइरल बनेको छ। कपाल आतंक मचाउन थालेपछि स्थानीय महिलाहरु त्रसित भएका छन्। शुभदिन ले खबर लेख्या छ
मोरङको बुढीगंगा–३ स्थित गोकुवा टोलकी कोशिला ऋषीदेवको चुल्ठो काटिएपछि गाउँ नै आतंकीत बनेको छ। चुल्ठो काटिएपछि कोशिला केहीबेर अचेत भएकी थिइन्।
घरको काम सकेर बसिरहेको बेला अचानक चुल्ठो काट्न सुरुगरेपछि आफुले त्यसको प्रतिकार गर्दा अचेत भएको बताईन। दैविक प्रकोप हो कि भनेर त्यसको लागि स्थानीयबासिन्दाले सामुहिक पुजा नै सुरु गरेका थिए।
त्यस्तै गएको शुक्रवार सुनसरीको देवानगञ्जमा समेत यस्तै घटना भएको थियो। त्यस्तै गएकै शनिवार राती १० बजे सुनसरीको साविक नरसिंह हाल भोक्राहा गाउँपालिका–७ की सुनिता देवी यादवको समेत चुल्ठो काटिएको थियो। चुल्ठो काटिएपछि हिन्दु तथा मुस्लिम धर्मसंग सम्बन्धित स्थानिय धामीझाक्रीलाई ल्याएर तान्त्रिक बिधि अनुसार उपचार गरिएको थियो।
यो घटना सेलाउँदै नपाउँदै साविक नरसिंह–४ हाल भोक्राहा ५ मा सुनिता देवी मेहताको गएको आइतबार विहान १० बजे चुल्ठो काटिएको थियो।
उक्त घटना सेलाउन नपाउँदै फेरी सुनसरी नरसिंह–३ की प्रमिला देवी यादवको चुल्ठो काटिएको थियो। यो घटना सम्बन्धी डाक्टर विकाशचन्द्र सुवेदीलाई सोध्दा ‘यो कुनै किसिमको दैनिक प्रकोप नभई एक किसिमको कपाल काट्ने किराले मचाएको आतंक भएको हो।’ उनले किराबाट बच्नका लागि सरसफाई लगायतका कुरामा ध्यान दिनु समेत आग्रह गरेका छन्।
यसरी जनकपुरमा पता लाग्यो
मोरङ र सुनसरीमा फैलिदै गएको महिलाको चुल्ठो काट्ने हल्ला जनकपुरमा पुगेर पता लागेको छ। जनकपुर उपमहानगरपालिकाको रामपुरमा एक युवतीको समेत चुल्ठो काटिएको थियो।
चुल्ठो काटिरहेको अवस्थामा स्थानीयबासिन्दाले अनौठो प्रकारको किरा फेला पारेपछि यस्तो रहस्य थाहा भएको हो। ती युवतीको चुल्ठो काटिरहेको अवस्थामा स्थानीयले किरा फेला पारेर डिब्वा भित्र राखेका थिए। बन्द डिब्वा भएकाले किरा मरिसकेको थियो।मरेको किरालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको थियो। 



