नयाँ दिल्ली ८ भदौ – भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका लागि फेरि प्रयास गर्ने बताएका छन् ।

समकक्षी नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा देउवाले संविधान संशोधन मार्फत संविधानको सर्वसस्वीकार्यबता बढाउने बताएका हुन् ।

यसअघि संसदमा दुइतिहाइ बहुमत नपुगेकोले संशोधनका लागि फेरि पहल गरिने बताएका हुन् । संविधान संशोधनको माग गरिरहेका समूहहरु स्थानीय चुनावमा सहभागि हुने समेत विश्वास दिलाए । ‘संविधान सबैलाई सर्वस्वीकार्य बनाउन संशोधनको प्रयास गर्र्यौ, तर सफल भएन, भविष्यमा संसदमा दुइतिहाइ पुराएर पास गर्नेमा म आशावादी छु’ देउवाले भने ।

देउवाले मधेस केन्द्रित दलहरुको नामै नलिइ ‘दक्षिणी भूभाग’का जनताको चासो संवोधनको प्रयास भइरहेको बताए ।
त्यसअघि मोदीले सबैपक्षसँग सम्वाद प्रक्रियालाई जारी राखि सवै नागरिकको आकाक्षा सम्वोधन गरेर संविधानको सफलता पूर्वक कार्यान्वयन गर्न सुझाव दिए । उनले नेपालले स्थानीय तहको चुनाव सम्पन्न गर्न सकेकोमा प्रसन्नता व्यक्त गरे । यसले लोकतान्त्रिक व्यबस्था स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरे ।

मोदीले नेपाल भारत सम्बन्ध हिमाल जस्तै पुरानो रहेको दोहोराए । संयुक्त पत्रकार सम्मेलनअघि मोदी र देउवाबीच डेलिगेसन र एक्ला एक्लै भेटवार्ता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah