प्र.म. को आशन्न भारत भ्रमण र दुई छिमेकी मित्रमित्रराष्ट्रहरु -के बि महरा,कैलालि

 हाल प्रधानमन्त्री शेर बहादुर देउवा पाँचदिने भारत भ्रमणका क्रममा रहेका छन्।उनी आफ्नो जम्बो टोलिकासाथ गत बुधबारमात्र राजकिय भ्रमणकालागी त्यस तर्फ प्रस्थान गरेका हुन्। यस अघिका प्र म जसरि नै उनिपनी आफ्नो प्रधानमन्त्रीकालमा छिमेकी राष्ट्रको पहिलो भ्रमणमा निस्किएका हुन्।

यस अघिका उच्चस्तरिय भारत भ्रमण भन्दा यो पटकको भ्रमण लाई अलि चासोकासाथ हेरिएको छ।दुई ठुला मित्रराष्ट्रहरु आमनेसामने भएकाबेला छिमेकी राष्ट्रको भ्रमणलाई दुबै मुलुकहरुले उच्च चासो राख्नु स्वभाविकै भएता पनि यो अवस्थामा आफ्नो मुलुकको राष्ट्रीय स्वाधिनता लाई मध्यनजर गरि कुनैपनी कदम चालिए त्यो दुरगामी हुनेछ तर कुनै एक राष्ट्रको निहित स्वार्थको आधारमा कुनैखाले सहमती या समर्थन जनाइए त्यो घातक हुनेछ। उक्त भ्रमणलाई लिएर दोश्रो छिमेकी मुलुक चिनले समेत उच्च चासोकासाथ हेरिरहेको छ। तसर्थ कुनैपनी मुलुकप्रती गैह्र जिम्मेवारिपन नदेखाई भारत र चिनबिचको दुई देशिय मामलामा तटस्थ रहनुमा नै बुद्दिमानी हुनेछ।

भ्रमणका क्रममा दुबैदेश बिचको आपसी सम्बन्ध तथा सहयोग का बारेमा छलफल भैरहेको छ । देशको राष्ट्रीयता तथा सार्वभौमिकताका बारेमा बिशेष ख्याल पुर््याइ मुलुकको दिर्घकालिन हितलाई महत्व दिए भ्रमण सफल भएको ठहरिनेछ। यो अघिका उच्चस्तरिय भेट भन्दा यस पटकको भ्रमणले छिमेकी मुलुकहरुको राजनिति अवस्था समेत यतिबेला निकै तातेको देखिन्छ।यसै बिषयलाई लिएर चिनियाँ सन्चार माध्यमहरुले आफ्नो धारणा ब्यक्त गरिहेका छन् भने यता भारत तर्फका राजनितिक बिश्लेषकहरु समेत विभिन्न धारणा तथा तर्कहरु दिईरहेका छन्।

नेपालका प्र म को भ्रमणकै बिषयलाई लिएर विभिन्न टिकाटिप्पणिहरु भैरहेकाबेला भारत चीन बिचको बिवादमा नेपाल तटस्थ रहनु पर्दछ । मुलुकको सार्वभौमिकता तथा भु-अखण्डता एवम आपसी हितका बिषयहरुले प्र.म. को भारत भ्रमणका क्रममा विशेष स्थान पाओस त्यो आजको आवस्यकता हो।

तराईं डुबानको समस्या दिर्घकालिन समाधान तर्फ ध्यान दिईनु पर्दछ । शक्ति समपन्नताका हिसाबले दुवै मित्रराष्ट्रहरु ठुला भएतापनि स्वाधिनताका हिसाबले हामी पनि कम छैनौं ।हाम्रो ध्यान परनिर्भरता भन्दापनी छिमेकिको मद्दत द्वारा आफ्नै प्रयासमा देशबिकाशलाई अघिबढाउन केन्द्रीत बनाईनु पर्दछ।

सिमानामा दोहोरि रहने विवादहरु लगायत बर्सेनि हुने बाढिको समस्या,व्यापार तथा पारवहन सम्बन्धी,लगायत पेट्रोलियम पदार्थ जस्ता महत्वपुर्ण बुँदाहरुलाई यो पटकको भ्रमणका क्रममा उठान गर्नसके नेपाली जनताहरुको आलोघाउमा थोरै मात्र भएपनि मह्लमपट्टि हुने थियो कि?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय