प्रधानमन्त्री शेरबहादुर देउवाको भारतको राजकीय भ्रमण भइरहेको छ । बिभिन्न खाले टिकाटिप्पणि र घटनाक्रमले गर्दा भ्रमणको चर्चा भइरहेको छ ।
छिमेकी मूलक भारतले दिएको राजकीय सम्मानमा ग्रहण र छलफलमा ब्यस्त प्रधानमन्त्री देउवाकी धर्मपत्नी आर्जु देउवा भने दिनभर भोकै बनेकीछन् ।
कसैले केहि खान नदिएर तथा वेवास्थाले भने होइन । नेपाली नारीहरुले मनाउदै आएको तीजको ब्रत परेकाले उनले दिनभर केहि नखाएको भ्रमण दलमा सहभागि एक सदस्यले जनाएकाछन् ।
पानीसम्म पनि नखाइ आर्जु देउवाले ब्रत लिएकीछन् । उनि देउवासंगै दिनभर जसो बिभिन्न कार्यक्रमहरुमा सहभागि जनाएकी थिइन् । यनि रातो साढी चोलोमा सजिएर नै दिनभर कार्यक्रमहरुमा सहभागि भइन् ।



