काठमाडौँ, ८ भदौ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नियमित स्वास्थ्य उपचार गराउनका लागि शुक्रबार थाइल्याण्ड जाँदै छन् ।
थाइ एयरवेजको विमानबाट शुक्रबार दिउँसो १ बजे उनी नियमित स्वास्थ्य उपचारका लागि थाइल्याण्डस्थित बैंकक जान लागेको अध्यक्ष ओलीका स्वकीय सचिव अनिश दाहालले जानकारी दिए ।
अध्यक्ष ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य पनि त्यसतर्फ जानेछिन् । यही भदौं १४ गते उनी स्वदेश फर्कने कार्यक्रम रहेको स्वकीय सचिव दाहालले बताए ।
नियमित स्वास्थ्य उपचारका लागि उनी बैंकक जाने गरेका छन् । यसअघि जेठमा उनी उपचारका लागि बैंकक गएका थिए ।



