झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा शुक्रबार श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान र सासुलाई प्रहरीले आज पक्राउ गरेको छ ।

पाँचथर घर भर्इ हाल सुरुङ्गामा डेरा गरेर बस्ने वर्ष २० वर्षीया शर्मिला माझीको आफ्नै श्रीमान करिब २० वर्षीय सविन माझी र सासु करिब ४० वर्षीया सारदा माझीले हत्या गरेर घरछेउकै बकाइनोको रुखमा झुण्डाएको आरोप लगाइएको छ ।

बिहान ५ बजे स्थानीयले बकाइनोको रुखमा सलको पासो बनाएर शर्मिला झुण्डाएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । ५ फुट ४ इन्च अग्लो स्थानमा झण्डिएकी शर्मिलाको शव बसेको अवस्थामा भेटिएको थियो ।

मृतकको शरिरभरी रगत र घाउ देखिएको तथा मृतकको उचाइपनि ५ फुटनै रहेकोले उनको हत्या गरी झुण्डाएको भन्दै स्थानीयले श्रीमान र सासुलाई कुटपिट गर्न खोजेपछि प्रहरीले दुवैलाई पक्राउ गरेको हो । तर घटनाबारे पोष्टमटम रिर्पोट हेरेर अनुसन्धान गरेपछि मात्र थप कुरा खुल्ने प्रहरीले जनाएको छ ।

यता घरका सबै जनालाई प्रहरीले पक्राउ गरेपछि शर्मिलाको सदगद गर्नसमेत समस्या भएको छ । करिव दुई वर्ष पहिलेमात्रै विवाह बन्धनमा बाधिएका यी जोडीमा बिहेदेखि नै खटपट रहेको आफन्तहरु नै बताउँछन । समान उमेरका दुवै जना एकअर्काले अरुनै मान्छेसँग लागेको आरोप लगाउँदै आएको उनीहरु निकटकाको भनाइ छ ।

श्रीमान सविन सुरुङ्गाकै एक पेट्रोल पम्पमा काम गर्दै आएका थिए । भने शर्मिला एक होस्टेलमा लुगाधुने काम गदैै आएकी थिइन् । श्रीमान श्रीमती भन्दापनि सासु र बुहारीबिच प्राय झगडा परिरहने गरेको स्थानीयको भनाइ छ ।

सासु सारदाले भने आफुले बेलुकी बढी मदिरा पिएर सुतेकाले केही थाहा नभएको बताइन । उनी मानसिक रुपमासमेत रोगी रहेको जनाएको छ । सासु, छोरा र बुहारी एउटै कोठामा बस्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah