सुशील पन्त, दिल्लीबाट

नयाँ दिल्ली, ९ भदौ- बिहीवार साँझ ८ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा दिल्लीस्थित नेपाली दूतावासले ताजमहल होटलमा रात्रिभोजको आयोजना गरेको थियो । ७ सय २३ जनालाई आमन्त्रण गरिएकोमा पाँचसयको हाराहारीमा उपस्थिति थियो ।

निमन्त्रणा गरिएकामध्ये झण्डै आधाजसो भारतीय नेता, नेपालका लागि पूर्वराजदूत, नेपाल मामिलाका जानकार वुद्धिजिवी लगायतलाई बोलाइएको थियो । तर रात्रिभोजमा उपस्थित भारतीय पाहुनाका लागि भोज खल्लो भयो, कारण थियो चीनको विषयमा देउवाको अभिव्यक्ति ।

रात्रिभोजमा सहभागी हुनुअघि देउवा भाजपा नेता राम माधव अध्यक्ष रहेको इण्डिया फाउण्डेसन नामक संस्थाको कार्यक्रममा सहभागी थिए । सो कार्यक्रममा देउवाको अभिव्यक्ति भारतीयका लागि ‘कवावमा हड्डी’ बन्न पुग्यो ।
देउवाले गलत कुरा गरेका थिएनन्, तर भारतीयहरु देउवाको भनाइबाट प्रसन्न देखिएनन् ।

इण्डिया फाउण्डेसनको कार्यक्रममा सहभागी भएर नेपाली दूतावासको रात्रिभोजमा आएका भारतीय पाहुनाहरु देउवाको सोही भाषणबारे कुरागर्दै थिए । रात्रिभोजमा सामेल भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल पनि प्रसन्न देखिएनन् ।

के भनेका थिए त देउवाले ?

इन्डिया फाउन्डेसनले इम्पेरियल होटलमा आयोजना गरेको ‘नागरिक अभिनन्दन कार्यक्रममा’ देउवाले चीनसँग नेपालको कुनै समस्या नरहेको र चीनले नेपालको सार्वभौमसत्ताको सधैं सम्मान गरेको बताएका थिए ।

भारतीय खाद्यमन्त्री रामविलास पासवानले नेपालको उत्तरी छिमेकी चीनबाट नेपालललाई कुनै समस्या आएमा जुनसुकै सहयोग गर्न भारत तयार रहेको टिप्पणी गरेका थिए । प्रत्युउत्तरमा देउवाले चीनबाट नेपालको सार्वभौमसत्ताको सम्मान भइरहेको बताएका थिए । ‘चीनसँग नेपालको राम्रो सम्बन्ध छ, हामीले चीनबाट समस्याको सामना गर्नुपरेको छैन’ देउवाले भनेका थिए ।

चीनलाई ‘दुष्मन’को रुपमा प्रचार गरिरहेका कतिपय भारतीयले देउवाको भाषणलाई पचाउन सकेनन् । यहाँसम्म कि उनीहरु भारत–चीन बिवाद भइरहेको दोक्लाम तनाउमा नेपालले भारतको पक्ष लिनुपर्ने अपेक्षा गर्दै आएका थिए ।

देउवाको भनाइलाई लिएर भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले आपसी कुराकानीका बेला नेपाली अधिकारीसँग चासो पनि व्यक्त गरेका थिए । सोही कारण पनि नेपाल–भारत संयुक्त वक्तव्य आउन ढिला भएको थियो ।

देशभित्रै झन चर्को विरोध !

चीनको बिषय भारतीयले कोट्टाएका कारण देउवाले स्पष्टीकरण दिएका थिए, जुन अभिव्यक्तिका कारण भारतीयहरु बेखुस देखिएका छन् । तर भारतले चीनका विषयमा चासो व्यक्त गरेपछि देउवाले दिएको भाषण उनी स्वदेश फर्कनु अगावै चर्चा छ ।

खासगरी संविधान संशोधनवारे देउवाको एकतर्फी स्पष्टीकरणका कारण नेपालका प्रतिपक्षी दल मात्र होइन, स्वयं सत्ता साझेदार दल र देउवासँगै भारत भ्रमणमा आएका सांसद्हरु समेत सन्तुष्ट छैनन् । संविधान संशोधन जस्तो देशको आन्तरिक मामिलालाइ देउवाले भारतमा ल्याएर छरपस्ट पारेको भन्दै विपक्षी दलले कडा प्रतिक्रिया जनाइसकेको छ ।

संविधान संशोधनको प्रसंग देउवाको लिखित भाषणमा थिएन, भारतीय समकक्षी मोदीसँगको पत्रकार सम्मेलनका बखत उनले अड्की अड्की मौखिक रुपमा थपेका थिए । पट्यारलाग्दो लिखित मन्तव्यमा नभएका दुईवटा कुरा देउवाले मौखिक रुपमा बोलेको प्रष्ट बुझ्न सकिन्थ्यो । एउटा संविधान संशोधनको कुरा र अर्को पञ्चेश्वरको डिपिआर तयारीको कुरा ।

मोदीले पञ्चेश्वरको कुरा उठाएपछि देउवाले आफ्नो मन्तव्यको क्रममा पञ्चेश्वरको कुरा निकाले । केही बेरमा लिखित भाषण गर्दा पनि पञ्चेश्वरको प्रसंग दोहो(एका छन् । यसैगरी, संविधान संशोधन बारेको देउवाको स्पष्टीकरण पनि अलिखित मन्तव्यमा पर्न गयो ।

भविष्यमा दुईतिहाइ बहुमत पुर्‍एर संविधान संशोधन पारित गर्ने देउवाको आश्वासनको पनि दुईथरी व्याख्या भएका छन् । अहिलेकै कामचलाउ संसद्मा दुईतिहाइ पुर्‍उने हो कि एकैपल्ट चुनावपछि बन्ने संसदबाट दुईतिहाइ पुर्‍उने ? देउवाको मन्तव्यमा यो कुरो स्पष्टसँग आएन ।

संविधान संशोधन जसरीपनि पारित गराउनुपर्ने बटम लाइनमा रहेका मधेसकेन्द्रित दलहरु चुनावमा जान राजी भइसकेको अबस्थामा फेरि कामचलाउ संसदमा दूरगामी महत्वको संशोधन प्रस्ताव किन पेश गर्ने भन्ने प्रश्न एकातिर छ । अर्को, भविष्यमा बन्ने संसदको ठेक्का कामचलाउ संसद्ले बनाएको चुनावी सरकारले कसरी लिन सक्छ भन्ने प्रश्न पनि उठेको छ ।

संविधान संशोधनको कुरा प्रथमतः देउवाले किन उठाएका हुन् भन्ने बिषयमा न उनले नेपालका पत्रकारहरुसँग कुरा गरे, न देउवासँग आएका मन्त्री र सल्लाहकारले नै खुलाए ।

सामान्यतया नेपालका प्रधामनन्त्रीहरु भारत भ्रमणमा आउँदा भ्रमणको अन्त्यतिर पत्रकार सम्मेलन गर्ने परम्परा रहिआएको छ । पत्रकार सम्मेलन मार्फत कतिपय अस्पष्टताहरु हटने पनि थिए । तर देउवाको भ्रमण तालिकामा पत्रकार सम्मेलनको कार्यक्रम नै छैन ।

देउवा भ्रमणको क्रममा जारी गरिएको नेपाल–भारत संयुक्त वक्तव्यका कोशी उच्चबाँधको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउने, राष्ट्रसंघीय सुरक्षापरिषदमा नेपालले भारतलाई समर्थन गर्ने जस्ता विषयले विवाद जन्माउने खतरा कायम छ ।

समग्रमा भन्दा देउवाको भ्रमणले उपलव्धिभन्दा विवादको वातावरण सिर्जना गरेको छ । लोकान्तर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah