अर्जुन राजबंशी, दमक

झापा गौरादह नगरपालिकाका वडाध्यक्ष र वडासचिवले १७ वर्षअघि निधन भइसकेका व्यक्तिको नाममा सर्जमिन मुचुल्का तयार पारेको पाइएको छ । गौरादह–६ हेंगाटोलीमा इँटाभट्टा स्थापनार्थ गाउँलेको मञ्जुरी लिने क्रममा निधन भइसकेका र आँखा नदेख्ने व्यक्तिको नाममा सर्जमिन मुचुल्का तयार पारिएको हो ।

वडा ६ का वडाध्यक्ष खड्ग पराजुली र वडासचिव खेमनाथ संग्रौलाले उनीहरूको सर्जमिन गरेका हुन् । इँटाभट्टा स्थापनाका लागि उद्योग विकास शाखामा सर्जमिन मुचुल्कासहित सिफारिस गरी पठाउने क्रममा निधन भइसकेका व्यक्तिको समेत सर्जमिन गरेका हुन् । हेंगाटोली निवासी धामीलाल ताजपुरियाको २०५६ चैत ११ गते निधन भएको थियो । ०५७ वैशाख ४ गते तत्कालीन कोहबरा गाविसले प्रदान गरेको मृत्यु दर्ता प्रमाणपत्रअनुसार ताजपुरियाको ६३ वर्षको उमेरमा निधन भएको थियो । तर, वडासचिव संग्रौलाले तयार पारेको सर्जमिन मुचुल्कमा ताजपुरियाको उमेर ५८ वर्ष उल्लेख छ । सर्जमिन पत्रमा ताजपुरियाको नाममा औंठाछाप लगाइएको छ ।

यस्तै आँखा नदेख्ने स्थानीय नयाँलाल ताजपुरियालाई पनि सर्जमिनपत्रमा हस्ताक्षर गराइएको छ । आँखा नदेख्ने ताजपुरियालाई ललाइफकाई झुक्याएर हस्ताक्षर गर्न लगाएको आरोप स्थानीयवासीले लगाएका छन् । उनको नाममा पनि ल्याप्चे लगाइएको छ ।

वडासचिव संग्रौलाले सर्जमिन मुचुल्का उठाउने क्रममा ‘म फलानो, म फलानो’ भन्दै आएकाले उक्त आधारमा सर्जमिन गरेको जवाफ दिए । टेलिफोनमा कुराकानी गर्ने क्रममा उनले लामो बोल्न चाहेनन् । उनले एउटै नामका अर्का व्यक्ति पनि हुन सक्ने दाबी गरे । पुन: सम्पर्क गर्दा सचिव संग्रौलाले मोबाइल ‘अफ’ गरेका थिए । सचिवले स्थलगत रूपमा गरेको सर्जमिन मुचुल्कासहित सिफारिस उद्योग विकास शाखामा पठाएका वडाध्यक्ष पराजुलीले भने आफू त्यस विषयमा अनभिज्ञ रहेको बताए । ‘मलाई यस विषयमा केही थाहा छैन । सचिवज्यूले स्थलगत सर्जमिन ल्याउनुभएको थियो । मैले त्यही मुचुल्कालाई भद्रपुर पठाइदिएको हुँ’, उनले भने ।

मृतक धामीलालका छोरा गोपाल ताजपुरियाले सचिवले आफूखसी नाम लेखेर सर्जमिन मुचुल्का उठाएको बताए । उनले १७ वर्षअघि निधन भइसकेका बुबाको नाम मुचुल्कामा देखेपछि  छक्क परेको बताए । ‘म गौरीगन्ज बजार गएको थिएँ । सचिवज्यूहरू आउनुभएको रहेछ । खोई, कसकसलाई सोधेर बुबाको नाम पनि मुचुल्कामा राख्नुभएको हो’, उनले भने ।

नगरपालिकाका मेयर रोहितकुमार साहले निधन भएका व्यक्तिको नाममा सर्जमिन मुचुल्का गरेको बारे आफूलाई पनि केही थाहा नभएको बताए । उनले सचिवलाई नगरपालिकामा बोलाएर तत्कालै बुझ्ने बताए । ‘म तत्कालै बुझ्छु, सचिवले गल्ती गरेका हुन् कि होइनन्,’ उनले भने, ‘यस विषयमा मलाई अरू केही थाहा छैन ।’

स्थानीय श्रीप्रसाद राजवंशीका अनुसार १ सय ५ घरधुरी रहेको गाउँमा धामीलाल ताजपुरिया नामको अर्को व्यक्ति नहरेको बताए । उनले भने, ‘हाम्रो गाउँमा धामीलाल भन्ने एक जना मात्र थिए । उनको १७ वर्षअघि निधन भइसकेको छ । उनको मृत्यु दर्ता प्रमाणपत्र यही हो । सचिवज्यूले गल्ती काम गर्ने क्रममा झन् ठूलो गल्ती गर्न पुगे ।’ उनले स्थानीयको वास्तविक परिचय नखोज्नु, बजार र बाटोका बटुवासँग सोधपुछ गरेर सर्जमिन मुचुल्का तयार पार्दा यस्तो अवस्था आएको बताए ।कान्तिपुरअनालाइबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah