बिष्णुप्रसाद पोखरेल
दमक । बैक र निर्जिबन बिमा कम्पनीहरुले ब्यवसायिहरुसंग परामर्श नगरि तथा नबुझाइ बिमा गरिदिदा अहिले आफूहरु अन्यायमा परेको ब्यवसायिहरुले बताएकाछन् ।
बैकसंग ऋण खाँदा गोदाम लगायतका पसलहरुको बैक आफैले बिमा गरिदिने गरेकाले ब्यवसायिहरु बिमाको बिषयमा अनबिज्ञ रहदा अहिले समस्या उत्पन्न भएको छ ।
प्रीमियर इन्सुरेन्सको ३७ औ शाखा उद्घाटन कार्यक्रममा बोल्दै दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बिमा गराउनु अघि नै सबै बुझाएर गराउनु पर्ने बताए ।
पैसा कमाउने उदेश्यले बिमा गराउने भन्दा पनि सेवा दिने उदेश्यले गराउनु पर्ने भन्दै कसैलाइ पनि ठग्नु नहुने उनको भनाइ रहेको थियो । अस्वच्छ प्रतिस्पर्धा र सम्बन्धित ब्याक्तिहरुलाइ जानकार नदिइ बिमा गराइन नहुने उनले जनाए ।
कार्यक्रममा बोल्दै दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले बैक र इन्सुरेन्स कम्पनीका कारण आफूहरु अहिले मारमा परेको बताए ।
आफ्नै गोदाममा रहेको सामान पनि केहि समय अघि आएको बाढीले नष्ट गरेको र बिमामा बुझ्न जादा बाढीको बिमा नै नभएको भन्दै फर्काएको भन्दै यसरी धेरै ब्यवसायि अन्यायमा परेको उनको भनाइ थियो ।
बैकले र इन्सुरेन्स कम्पनीको मिलेमतोमा इन्सुरेन्स हुने जनाउदै ब्यवसायिहरुलाइ बुझाएर इन्सुरेन्स गर्नु पर्नेमा त्यो नगरेको ढकालको आरोप रहेको थियो ।
अहिले धेरै ब्यवसायिहरुको गोदाममा पानी पसेर नष्ट भएको र इन्सुरेन्स नपाउने अवस्था रहेको बताउदै यस बिषयमा बैक र इन्सुरेन्स कम्पनीहरुसंग छलफल भइरहेको उनले जानकारी दिएकाछन् ।
प्रीमियर इन्सुरेन्स प्रालिका कार्यकारी प्रमुख सुधुम्नप्रसाद उपाध्यले केहि आन्तरिक, बाह्य र नीतिगत समस्या रहेकाले कतिपय अवस्थामा उपभोक्ताहरुले हैरानी बेहोर्नु परेको बताए ।
भुकम्पको अनिवार्य बिमा भएकाले धेरै राहत मिलेको बताउदै अब बाढी पहिरोको पनि अनिवार्य बिमा गराउने बिषयमा बिमा संस्थानले छलफल चलाएको पाएको भन्दै फेरी यस्तो समस्या नआउने जनाए । बिमाको बिषयमा बुझाएर र प्रष्ट गरेरमात्र बिमा गराउन आफूहरु लागिपरेको उहाँको भनाइ छ ।



