बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमक स्थित मेची सहकारी संस्थाका पूर्व अध्यक्ष तथा राष्ट्रिय सहकारी संघका सञ्चालक समेत भएका स्व.गणेश बस्नेतको शालिक र उनको नाममा योग सेन्टर बनाउनका लागि सहकारी अभियान्ताहरुले माग गरेकाछन् ।
मेची सहकारी संस्थाको २१ औ बार्षिकोत्सव तथा २३ औ साधरणसभामा स्व. बस्नेतको स्मृतीमा स्थापित पुरुस्कार तथा सम्मान ग्रहण गरेपछि राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष तथा सहकारीका अगुवा अभियान्ता दीपकप्रकाश बास्कोटाले यस्तो माग गरेकाहुन् ।
सहकारीमा ध्यान तथा योग बस्नेतले भित्र्याएको बताउदै उनले सहकारीले यो नगरे आफूले काठमण्डौमा भएपनि स्व. बस्नेतको नाममा योग सेन्टर खोल्ने बताउदै यस्तो माग गरेकाहुन् । उनले यसका लागि आफूले १ लाख २० हजार रुपिया उपलब्ध गराउने घोषणा समेत गरेकाछन् ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडाल र सहकारी बैकका केन्द्रिय अध्यक्ष रमेश पोखरेलले पनि बास्कोटाले राखेको प्रस्तावलाइ समर्थन गर्दै यो कदम चाल्नु पर्ने जनाएका थिए ।
स्व. बस्नेतको नाममा स्थापित पत्रकारिता पुरुस्कार भने यस बर्ष दमकमा लामो समयदेखि पत्रकारिता गर्दै आएका कृष्ण कार्कीलाइ प्रदान गरिएको थियो ।



