एजेन्सी, १३ भदौ । फेसबुकका संस्थापक मार्क जुकरबर्ग र उनीकी श्रीमति प्रिसिला चाङले दोस्रो सन्तान जन्माएका छन् । अगस्ट महिनामा जन्मिएकाले जुकरबर्गकी छोरीको नाम अगस्ट नै राखिएको छ ।

जुकरबर्गले सोमबार भर्खरै जम्मेकी आफ्नी छोरीको फोटो शेयर गरेका हुन् । उक्त फोटोसँगै उनले आफ्नी छोरीलाई सम्बोधन गर्दै एउटा चिठी पनि लेखेका छन् । छोरीलाई यो संसारमा स्वागत गर्न पाउँदा आफू र चाङ निकै खुशी भएको उक्त चिठीमा उल्लेख गरिएको छ ।

जुकरबर्गले अगस्टलाई लेखेको चिठीको भावानुवाद यस्तो छः

प्रिय अगस्ट,

हामी तिमीलाई यो संसारमा स्वागत गर्न चाहन्छौं । तिम्री आमा र म भविष्यमा तिमी के बन्छौ होला भनेर हेर्न निकै उत्सुक छौं ।
तिम्री दिदी जन्मदा फेरी हामीले एउटा चिठी लेखेका थियौं । त्यो चिठी दिदी र तिमी हुर्कने संसारबारे थियो ।

राम्रो शिक्षा, कम रोगव्याधी, सवल समाज र व्यापक समानता भएको संसारमा तिमीहरू हुर्कदै छौं । विज्ञान र प्रविधिको विकासले गर्दा तिमीहरूको जीवन हाम्रोभन्दा निकै सुन्दर र राम्रो हुने छ । र तिमीहरूको संसारलाई सुन्दर बनाउने जिम्मेवारी हाम्रो हो । आजभोली प्रायः खराब समाचार मात्रै सुन्न, पढ्न र हेर्न पाइन्छ । तर अन्त्यमा असल कुराको नै जीत हुने छ । त्यसैले नयाँ पुस्ता र तिम्रो भविष्यबारे हामी निकै आशावादी छौं ।

यसबाहेक बाल्यकालबारे केही भन्न चाहन्छौं । यो जीवन र संसार निकै महत्वपूर्ण छ । त्यसैले तिमीले बाहिर जाने, खेल्ने र रमाउने गर्नुपर्छ ।

ठूलो भएपछि तिमी निकै व्यस्त हुनु पर्ने हुन्छ । त्यसैले सानोमा नै सबै फूलको वास्ना लिने र आफूलाई मन परेको फूल टिपेर गोजीमा राख्ने गर है । यो बेलामा तिमीले आफूलाई मन परेको किताव पढ्ने छौं र आफैंले केही लेख्ने छौं । तिमी यता र उता उफ्रने छौं । हामीलाई थाहा छ, सानो हुँदा तिमी धेरै सुत्ने छौं । तर आफ्नो सपनामा हामीले तिमीलाई कति माया गर्छौं भनेर देख्ने छौ भन्ने आशा राखेका छौं ।

बाल्यकाल निकै रंगीन वा जादुमय हुन्छ । मानिसको जीवनमा एक पटकमात्रै बाल्यकाल आउने गर्छ । त्यसैले भविष्यबारे धेरै चिन्ता नगर । तिम्रो भविष्यबारे सोच्ने र चिन्ता लिने काम हाम्रो हो । तिमी र तिमी जस्तै अन्य बालबालिकाका लागि यो संसार राम्रो बनाउनका लागि हामीले सक्दो प्रयास गर्ने छौं ।

छोरी, तिमीलाई हामीले निकै माया गर्छौं । तिम्रो जीवनमा प्रेम र खुशीको बहार आओस् भन्ने कामना छ । र हामीलाई पनि तिमीले त्यस्तै प्रेम र खुशी दिने छौं भन्ने आशा राखेका छौं ।

उही तिम्रा प्यारा बाबा–आमा!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah