यतिबेला युग २१औँ सताब्दिको फड्को मार्दैछ,दुनिया धेरै अगाडि बढिसकेको छ।सन्चारमाध्यमका कारण विश्व एक गाँउको आकारमा रुपान्तरित बन्न पुगेकोछ।सन्चार माध्यमकै कारण धेरै ठुला परिवर्तनहरु समेत सम्भव भैसकेका छन्।आम जनमानसको यसप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दो छ। जानअन्जानमै पनि सन्चारसङ्ग परिचित हुन खोज्दैछ दुनियाँ। खबर आदानप्रदान ,नौलो बिषयमा जानकारी तथा परिचित बनाउन मुख्य सहयोगी बनेकोछ सन्चारमाध्यम ।यतिमात्र नभई कतिपयको दैनिकी समेत यो सङ्गै बित्दै आईरहेकोछ।

घरमै बसि-बसि कोषौँ टाढाका आफन्त तथा साथिभाईहरु सङ्गको भलाकुशारी,भावना आदानप्रदान कासाथै विश्व अँझै नजिक बनाउँदैछ यस्ले। आफ्नो पछिल्लो अवस्थाका बारेमा घरपरिवारलाई क्षणभरमै जानकारी गराउन सकिने भएपछी यसको लोकपृयतात अँझ बढ्नपुगेको छ। आफुले चाहेका कुरा सजिलै हेर्न,खोज्न मिल्ने र चाहिएकै बखत जो कोहिसङ्ग सजिलै कुरा गर्न सकिने भयपछि त यसप्रतिको लोकप्रीयता झनै बढेको पाईन्छ।समाज परिवर्तित छ,समय क्रमसङ्गै हरेक कुराहरु परिवर्तन भैइरहेकाछन्।

व्यस्त दैनिकी एकातिर छ त घरपरिवारको तनाव अर्कोतिर,व्यस्तताकै बिच सन्चार एक भरपर्दो माध्यम बनेको छ। यसप्रतिको सहजताकै कारण विभिन्न आपराधिक घटनाक्रम बढेको पाईन्छ।  सन्चार माध्यमकै सहायता द्वारा हरिने,खोजिने थुप्रै नराम्रो कुराहरु ,आश्लिलता सम्बन्धि अनावस्यक चासोका कारण पनि सन्चार माध्यमको नकरात्मक प्रभाव बढेको हो। सन्चार माध्यम घरपरिवार देखि टाढा रहेका आफन्तहरु सम्झिने भरपर्दो तथा सजिलो माध्यम भएतापनी यसको गलत प्रयोगले छलकपटको भावना जगाई अनैतिक सम्बन्ध बनाउनपुग्ने,झुटो खबर फैलाई अनावस्यक दु:ख दिने,फसाउने तथा कमजोरिको फाईदा उठाउने जस्ता अप्रत्यासित घटनाहरु बढ्न थालेका छन्।

धेरै व्यक्तिहरु सङ्ग सम्पर्क बनाउन सजिलो पर्ने हुँदा अनैतिक कृयाकलापहरु तिर बढ्दो संलग्नताका घटनाहरु समेत समाजमा यत्रतत्र देखिन थालेका छन्। सन्चारमाध्यम प्रतिको अप्रयाप्त ज्ञानले गर्दा नकरात्मक गतिबिधिहरु तिर बढी ध्यान जाने र जस्को कारण घरपरिवार तहशनहस ,बनेका सम्बन्धहरु भत्किने /बिग्रने भइरहेका छन्,जस्ले समाजमा निकै गम्भीर समस्या निम्त्याएको छ। त्यसैले सन्चार माध्यमलाई अनावस्यक प्रयोग नगर्ने,जानकारी नभएका कुराहरु जथाभावी नछेड्ने,नराम्रा कुराहरु छोड्ने तर्फ ध्यान दिई सन्चारका साधनहरुको उचित मात्रामा सदुपयोग गर्ने कि?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय