बिष्णुप्रसाद पोखरेल
दमक/झापा दमकको मुख्य बजारमा रहेको नमुना मार्गमा सवारी साधन सञ्चालनमा रोक लगाउनका लागि निर्माण उपभोक्ता समितिले पार्किङस्थल खोजि गर्न थालेको छ । पर्यटकीय केन्द्र तथा बजारको रुपमा नमूना मार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आइतवारदेखि यहाँ कुनै पनि सवारी साधन प्रवेस गर्न रोक लगाईएको छ ।

निर्माण समितिका सदस्य देउकुमार नेम्बाङका अनुसार अधिकाँश संरचनाहरु बनिसकेकाले अब नमूना मार्ग चाडै नै पूर्णता पाउने अवस्थामा पुगेको छ । पूर्वमा नै यस्तो पर्यटकीय सडक कहि नरहेकाले यो दमकको मात्र नभएर पूर्वको नै गहना बन्ने उनले बताए ।

मोटरसाइकल, गाडि लगायत कुनै पनि सवारी साधन यहाँ भित्र प्रवेस पाउने छैनन् । सबै प्रकारका सवारी साधनहरुलाइ पूर्ण रुपमा बन्देज लगाईने बताईएको छ ।

आउने आन्तरिक तथा बाह्य पर्यटक र उपभोक्ता तथा ब्यापारीहरुलाइ पार्किङस्थल आवश्यक पर्ने भएकाले त्यसको खोजि गर्न शुरु गरिएको नेम्बाङको भनाइ रहेको छ । आइतवारदेखि सवारी साधन प्रवेस गरे जरिवाना शुरु गरिने पनि बताईएको छ ।

भारतको सिक्किमामा रहेको एमजि मार्गको जस्तै दमकमा पनि नमूना मार्ग बनाईएको हो । निक्र्कै अगाडि निर्माण शुरु भएपनि अब भने पूर्णता पाउने अवस्थामा पुगेको बताईएको छ ।

नमूना मार्गले अहिले स्वरुप ग्रहण गरिसकेको छ । सकेसम्म दशै अगावै र नभएपनि तिहारसम्ममा नमूना सडक बनिसक्ने निर्माण उपभोक्ता समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah