दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले आफ्नो हवला दिदै दमकमा एयरपोर्ट बनाउन नगरपालिकाले अध्ययन गर्ने भन्ने समचारमा सत्यता नरहेको बताएकाछन् ।

उनले आफूले त्यस्तो आशयको कुनै पनि कुरा नगरेको र आफूलाइ उदृत गर्दै आएका समचारहरु कपोकल्पित भएको बताएकाहुन् । एयरपोर्ट बनाउने कुरा ड्रोन बस्ने ठाँउ नभएको उनको टिप्पणी रहेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कसैले सुुझाव राख्दा त्यो तत्काल अहिले हुन नसक्ने र गर्न नसकिने भन्दै जवाफ दिने गरेको भन्दै सुझबुझ बेगर यस्ता समचार आउदा आफू चकित भएको जनाएकाछन् । उनले यस बिषयमा आफ्नो फेसबुकमार्फत नै असन्तुष्टि समेत पोखेका छन् ।