झापाको दमकमा केहि दिन अघि एक होटलबाट पक्राउ परेका जुवाडेहरुको नाम प्रहरीले सार्वजनिक गरेन । दमकको सन्दिप एण्ड सुदिप होटलबाट पक्राउ परेका जुवाडेहरु दमकका ब्यापारीहरु रहेको बताईएको छ ।
उनिहरुलाइ तीन दिन इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखिए पनि नाम भन्न नमिल्ने भन्दै सार्वजनिक नगरिएको बताईएको छ । ४ जना खेल्ने र ५ जना हेर्ने रहेको प्रहरीको भनाइ रहेको छ ।
४८ हजार ५ सय रुपिया सहित पक्राउ परेकाहरुको आग्रह र अनुरोधमा प्रहरीले जुवाडेहरुको नाम दिन नमानेको बताइन्छ । प्रहरीका अनुसार दमकका सामान्य ब्यापारीहरु पक्राउ परेका हुन् ।



