सुन्दा जो कोहीलाई पनि पत्यार नलाग्न सक्छ तर सौर्यमण्डलको दुईवटा ग्रहहरुमा हीराको बर्षात भइरहेको छ । बैज्ञानिकहरुले अरुण र वरुण ग्रहमा पानी नभई बहुमुल्य हीराको बर्षात हुने गरेको दाबी गरेका छन् ।

बैज्ञानिकहरुका अनुसार यि दुई ग्रहको भित्री भागमा अधिक मात्रामा दबाब हुने गर्दछ । जसले गर्दा हाइडेजन र कार्बन बन्ड छुट्टिने गर्दछ र यसैका कारण हीराको बर्षात हुने गर्दछ । बैज्ञानिकहरुले अनुसन्धान र प्रयोगका आधारमा यो कुरा पत्ता लगाएको बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विशेषज्ञहरुका अनुसार पछिल्लो हजार बर्षदेखि यस्ता बहुमुल्य हीराहरु यि ग्रहमा हिउँले ढाकेको सतहतिर जम्मा भइरहेका छन् । यि दुई ग्रहको संरचना पृथ्वीभन्दा धेरै फरक रहेको छ । साथै यि ग्रहमा हाइडेजन र हीलियम ग्यासको बाहुल्यता रहेको छ । अरुण ग्रह पृथ्वीभन्दा १५ गुणा ठुलो र वरुण पृथ्वीभन्दा १७ गुणा ठुलो रहेको छ ।

बैज्ञानिकहरुका अनुसार अरुण र वरुण ग्रहको भित्री भाग अर्थात सतहमा करिब ६२०० मील भित्र अत्याधिक मात्रामा दबाब हुने गर्दछ । यहीँ कारणले नै यि ग्रहमा हीराको बर्षात हुने गर्दछ । हालैमा गरिएको एक प्रयोगले यो कुराको पुष्टि गरेको छ ।

बैज्ञानिकहरुले यस प्रयोगका लागि कार्बन र हाइडेजनबाट बनेको प्लाष्टिक पोलिस्टरीनलाई लिएका छन् । यसपछि लेजरको मद्दतले त्यति नै दबाब दिइयो जति आमरुपमा यि ग्रहको भित्री भागमा दबाब हुने गरेको छ । बैज्ञानिकहरुले ९००० डिग्री फरेनहाइट तापमान र १५० गीगा पास्कल दबाब यसमा बनाएका थिए । तब कार्बन र हाइडेजनबीचको बन्ड छुट्टिएर कार्बनको एटम नानो डाइमन्डमा बदलियो । यद्यपी ल्याबमा यो डाइमन्ड केही नानोमिटर मात्र रहेको थियो । तर अनुसन्धान टीमका अनुसार अरुण र वरुण ग्रहमा हीराको आकार यो भन्दा कयौँ गुणा ठुलो हुन सक्छ ।