मनीषा अवस्थी

‘बिहे गर्न सजिलो काठमाडौंमा कोठा खोज्न गाह्रो’ यो उखान टुक्का हैन । यो त पश्चिम नेपालका कैलाली र कञ्चनपूरबाट काठमाडौं आएका र कोठाको खोजिमा भौतारिइरहेकाहरुको पीडा हो ।

भदौको पहिलो हप्ता अध्ययनसँगै केही काम गर्ने उद्देश्यले काठमाडौं छिरेका कञ्चनपूरका हरिस अवस्थी, जगदिश भट्ट र टेकेन्द्र चन्द गत शनिवार पुतलीसडकको एक चिया पसलमा गफ्फिदै थिए । लोकान्तरकर्मीले उनीहरुसँग आफ्नो अनुभव सुनाउन आग्रह गरेपछि कोठा खोजिरहे पनि नपाएको दुखद् अनुभव हाँस्दै सुनाउन राजी भए ।

कुराकानीको सुरुमै कञ्चनपूर झलारीका टेकेन्द्र चन्दले भने ‘यो काठमाडौंमा बिहे गर्न केटी खोज्न सजिलो, कोठा खोज्न त निकै गाह्रो रहेछ ।’ उनको भनाइलाई हो मा हो मिलाउँदै उनकै सहपाठी हरिस अवस्थी भन्छन्, ‘बिहीवारदेखि घुम्न थालेको मैतिदेबी डिल्लीबजार बागबजार पुतलीसडकका गल्ली गल्ली झ्याल हेर्दाहेर्दै आँखा थाके ।’

उनले झ्यालमा पर्दा नदेखेपछि गेट खोल्दै भित्र पस्दा घरबेटीको चर्को गाली खाएर भाग्नुपरेको दुखद् अनुभुति सुनाए । तीन साथी मध्येका अर्का युवक जगदिश भन्छन्, ‘यसो सोच्दा त म महेन्द्रनगरतिरै पढुँ कि जस्तो लाग्यो, राजधानी मा त बासै नपाइने भो ।’

यी त राजधानी काठमाडौमा डेरा खोज्ने क्रममा दु:ख पएका प्रतिनिधी पात्र मात्र हुन् । माथिको उखान टुक्काको भावजस्तै राजधानी उपत्यकामा बस्ने बास (कोठा वा फ्लाइट) पाउन निकै मुस्किल पर्छ ।

उपत्यकामा बन्ने घरको संख्या बढ्दै जादा कोठाभाडा नपाउने समस्या पनि दिनप्रतिदिन बढ्दै गएको हो । विभिन्न उद्देश्य बोकेर शहर पसका मानिसहरु कतिपयले कोठा खोजेर हिड्दा कोठा नपाउने तर कतिपयलाई घरधनीले नै नपत्याउने समस्या छ ।

काठमाडौं छिरेसंगै पढ्न वा व्यवसाय गर्न चाहनेले भोग्ने पहिलो समस्या नै कोठा भाडा हो । गाउँघरबाट केही व्यवसाय गर्न काठमाडौं छिरेपछि उचित ठाउँ नै नपाएर महिनौं रुमल्लिनुपरेको दोलखाकी मनु सापकोटा सुनाउँछिन् । मैतिदेबी चोकमा श्रीमानसँगै फेन्सी चलाएकी मनु सटर महिनौसम्म नपाउँदा निकै तनाव भएको अनुभव सुनाउँछिन् ।

उच्च शिक्षासँगै रोजगारीको अवसरको सपना बोकी हरेक वर्ष राजधानी छिर्ने हजारौं युवाका लागि भाडामा बस्नु नियति नै हो । अनियन्त्रित भाडादर, पानी अभाव, फोहोर र रुखो व्यवहार राजधानीका लगभग सबै भाडावालाले बेहोर्ने समस्या हो । राज्यको अदूरदर्शी नीतिले गर्दा घरबेटीको लापरवाही बढ्दो छ । घरबहाल वा आवास क्षेत्रलाई व्यवस्थित र व्यावसायिक बनाउन नसक्नुको दुष्परिणाम भाडावालाले बेहोर्दै आएका छन् ।

मनलाग्दी भाडा

उसोत, भाडा पाइहाले पनि घरवेटीले भने बमोजिमको रकम तिर्न भाडावालहरु बाध्य छन् । भाडाको दर, सेवासुविधा लगायका विषयमा सरकारले स्पस्ट नीति निर्माण गर्न नसक्दा घरधनीहरुले भाडावालासँग मनलाग्दी रकम असुल्ने गरेका हुन् ।

कति क्षेत्रफलको कोठाको कति रकम, कस्ता सेवासुविधा भन्ने कुनै व्यवस्था नहुदाँ घरबेटीहरुले मनलाग्दी भाडा उठाउने गरेका हुन् भने जसका कारण राज्यको करोडौंको राजश्वमा समेत हानी पुगेको छ ।

उपत्यकामा कति जनसंख्या घरभाडामा बस्छ भन्ने तथ्यांक नै छैन सरकारसँग । यद्यपि कूल जनसँख्याको ६० प्रशित भन्दा बढी मानिस घर भाडामा बस्ने गरेको अनुमान गरिन्छ ।

आवासको व्यवस्थाबारे सरकारले निश्चित मापदण्ड बनाउन सकेको छैन । यसअघि पुरानो आयकर व्यवस्थाअनुसार क्षेत्रफल र ठाउँ विशेषका आधारमा भाडा तोकिदिएको थियो भने पुतलीसडक, अनामनगर र बानेश्वर क्षेत्रमा बसोबास गर्नेले कोठाको क्षेत्रफलका हिसाबले भाडा तिर्नुपर्ने भनिएको थियो । जुन व्यवहारमा लागू नै हुन सकेको छैन ।

दलाल सक्रिय

कोठा भाडामा खोज्दा सहजै नपाइने समस्या बढ्दै गएपछि कोठा तथा घरभाडामा खोजिदिने दलाल सल्बलाएका देखिन्छन् । कानूनी दायरामा रहेको कारोबार गर्नेभन्दा गैरकानूनी रुपमा काम गरेर चर्को शुल्क लिने दलालहरु ह्वात्तै बढेको पाइन्छ । यस्ता केहि दलालले घरधनी र कोठाभाडामा बस्ने दुबै सँग पैसा असुल्ने गरेका छन् । के कति पैसा असुल्न पाउने भन्ने बारेमा कुनै नियम नभएको हुँदा यिनीहरु बाट जथाभावी शुल्क समेत लिने गरिएको छ ।

यद्यपि उपत्यकामा घर तथा कोठा भाडा लगाइदिने तथा खोजीदिने एजेन्टहरु व्यवसायिक रुपमै फस्टाउँदै समेत गएको पाइन्छ । विभिन्न सुविधा खोज्दै राजधानी छिर्नेहरुको संख्या बढेसँगै रियलस्टेट व्यवसायीहरु व्यस्त देखिएका हुन् । २०७२ सालको भूकम्पपछि यो व्यवसाय झनै फस्टाएको देखिन्छ । उपत्यकामा सञ्चालित यस्ता घरबहाल तथा कोठा भाडामा लगाईदिने झण्डै ४० वटा सस्ंथा बैध रुपमा सञ्चालन भएका छन् ।

बैधानिक भनिएका यस्ता संस्था कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर कारोबार गर्दै आएका छन् । अबैधानिक रुपमा रियल कोठा खोज्ने तथा बेच्ने व्यक्ति तथा स्ंस्थाको संख्या सयौंको हाराहारीमा रहेको बताइन्छ ।
कोठा तथा घर भाडामा खोजिदिने र लगाइदिनेको संगठन घरजग्गा एजेन्ट संघ नेपाल रिआनले कानूनी रुपमा आउने संस्थाहरुलाई मात्र स्थान दिने गरेको बताउँछ ।

पैसा मात्रै कमाउने नियतले बजारमा आएका व्यक्ति तथा संस्थाहरुबारे सबै सचेत हुनुपर्ने रिआनका अध्यक्ष इश्वरप्रसाद खरेल बताउँछन् । उनले सरकारले नियमन गर्न नसक्दा यो क्षेत्रमा यस्तो बिकृति भित्रएको भन्दै यो विषयमा सरकार बहिरो बनिरहेको टिप्पणी गरे ।

लोकान्तरसँगको कुराकानीमा उनले भने, ‘उपत्यकामा कोठा भाडा तथा घरभाडाको कारोबार गर्ने वैध भन्दा अवैध संस्था बढी छन्, उनीहरुले घरबेटी र बहाल बस्ने कसैलाई पनि मिलाउन सक्दैनन्, आफ्नो व्यवसायको कुरा मात्रै हेर्ने गर्छन् । यो विषयमा सरकारलाई पटक पटक सुनाउन खोज्दा पनि बहिरोजस्तै बनेको देखिन्छ ।’लोकान्तर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah