बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमक नगरपालिकाले मजदूहरुको सीप परिक्षण गरेर सिप अनुसारको प्रमाणपत्र प्रदान गर्ने भएको छ । पहिलो पटक नगरपालिकाले यस्तो अवधारणा ल्याएको हो । बिभिन्न क्षेत्रमा कार्यरत रहेका मजदूहरुहरु बर्षौदेखि काम गरेपनि उनिहरुको सीपको प्रमाणपत्र रहेको छैन ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार बिभिन्न क्षेत्रमा हजारौ मजदूरहरु कार्यरत रहेको पाईएको छ । बिभिन्न क्षेत्रहरुमा लागेका मजदूहरुलाइ उनिहरुको सीप परिक्षण गरेर प्रमाणपत्र उपलब्ध गराइने र त्यो उनिहरुको सम्पतीको रुपमा हुने ओलीले बताए । अहिलेसम्म मजदूरहरुको सीप परिक्षण र प्रमाणपत्रको बिषयमा कसैले पनि सोच ल्याएको थिएन ।
सीप परिक्षण गर्दा लाग्ने रकमको ७५ प्रतिशत नगरपालिकाले नै बहोर्ने र २५ प्रतिशत मजदूरले बहोर्नु पर्ने छ । सरकारको आधिकारीक निकायले नै सीप परिक्षण गरेर मजदूहरुलाइ प्रमाणपत्र प्रदान गर्ने भएको हो ।
बिभिन्न प्राविधिक बिषयहरुको सीप परिक्षण हुने तर बर्षौदेखि प्राविधिकको जस्तै काम गर्ने मजदूहरुको सीप नै परिक्षण नहुने गरेको पाइएकाले यो कार्यक्रम ल्याइएको बताइन्छ ।
नगरपालिकाले बिभिन्न सुधारका योजनाहरु सार्वजनिक गर्ने क्रममा मजदूरहरुको बिषयमा पनि यस्तो सुधारको योजना ल्याएपछि मजदूहरु उत्साहित भएकाछन् ।
असोज १ गतेदेखि लागु हुने गरी नगरपालिकाले सुधारका योजनाहरु सार्वजनिक गरेको थियो । यस अन्र्तगत प्लाष्टिकजन्य सामाग्रिहरुको उपभोग तथा उपयोग देखि लिएर ढल सरसफाइसम्म रहेकाछन् ।



