बिष्णुप्रसाद पोखरेल
दमक/‘बेलुका यहाँ आउनुहोस र हेर्नुहोस्, गाडिमा कसरी र कस्ता युवतीहरु ल्याइन्छ अनि छाडिन्छ ।’ दमक बेलडाँगी रोडका एक ब्यवसायिले भने । उनले थप्दै भने–‘फेरी एक एक गर्दै कस्ता गाडिमा चढेर उनिहरु जान्छन् त्यो पनि हेर्नुहोला ।’ पान पसलमा चलेको दमकमा भइरहेको बेश्याबृतिको बारेको एउटा संवाद हो ।
दमकका केहि होटल तथा लजहरुले ब्यवसायिक रुपमा नै बेश्याबृति भइरहेको बताइन्छ । प्रहरीले निगरानी बढाउने र पक्राउ गर्ने गरेपछि केहि समय सुनसान हुने र फेरी ब्यवसायि उस्तरी नै चम्कने पाइएको छ । दमकका आधा दर्जनभन्दा बढि होटलहरुले त बर्षौदेखि युवतीहरु राखेर अबैध यौनधन्दा नै चलाउदै आएको बारम्बार बताइदै आएको छ ।
दमकमा राती करिब ९ देखि १० बजेको समयमा दमकको बेलडाँगि रोड र त्यहाँभित्रका शाखाबाटाहरुमा समेत युवतीहरुको मोलमोलाइ हुने गरेको त्यहाँ नजिक रहेका प्रत्यक्षदर्शीहरु बताउछन् । केहि युवतीहरु दिनभर ब्यूटी पार्लरमा सिकेजस्तो गर्ने गरेर पनि ब्यवसायिक रुपमा यौनधन्दा गर्ने गरेको पाईएको बताइएको छ ।
प्रहरीले पनि यसलाइ स्वीकार गरेको छ । इलाका प्रहरी कार्यालय दमकका एक प्रहरी अधिकृतका अनुसार केहि दिनअघि एक युवतीलाइ पक्राउ गर्दा ब्यूटी पार्लरमा काम गर्ने युवती उठाएको भन्दै उल्टै प्रहरीको बद्नाम गराउन खोजियो । आफूहरुले ब्यवसायिक यौनधन्दा चलाएको ठर्याएर नै पक्राउ गरेको भएपनि छाड्नु परेको प्रहरीले बतायो ।
‘कल गर्ल’ बढ्दै
केहि बर्ष अघिसम्म दमकमा होटलमा रहेका क्याबिनहरुबाट नै युवतीहरु छानेर लजमा पस्ने गरेपनि अहिले यो अवस्था नरहेको पाइन्छ । अहिले नाम चलेका होटलहरुदेखि लिएर सामान्य रुपमा खुलेका होटलहरुले समेत युवतीहरुलाइ यौन प्यास मेटाउन आएका ग्राहकहरुको चाहाना अनुसारका युवती बोलाउने गरेको पाईएको छ । उनिहरुलाइ ‘कल गर्ल’ भनिन्छ ।
कक्षा ११/१२ पढ्ने बिद्यार्थीहरुलाइ समेत यसरी लोभलालचमा प्रयोग गराउने गरिएको बताइन्छ । समचार तयार पार्ने क्रममा होटलको काउण्टरमा राखिएको दमकको एक होटलमा १७ जना युवतीहरुको सिम्बोलिक नाम र नम्बर लेखिएको समेत भेटिएको छ । स–साना युवतीहरु केहि समय अर्थात केहि घण्टा बोलाए बापत ५ देखि ८ हजार र रात नै बस्ने भए १० देखि १५ हजार सम्ममा होटलले मिलाउने गरेको पाईएको छ । उक्त रकमको आधामात्र युवतीले पाउने गरेकाछन् ।
होटल ब्यसायी संघ दमकका अध्यक्ष राजन दंगाल केहि होटल तथा लजहरुको कारण दमक नै बद्नाम हुने गरेको बताउछन् । उनले दर्ता नभएका र यस्तै धन्दा गरेर कमाउन पल्केकाहरु जति गर्दा पनि नसुध्रिएको उनको भनाइ रहेको छ । स्थानीय प्रशासनले यस्ता होटलहरुलाइ कार्वाही गरे आफूहरु सहयोग गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरी यस्तो कार्य गर्ने छूट कसैलाइ पनि नभएको बताउछन् । उनले यस्तो कार्य रोक्नका लागि आफू प्रतिबद्ध रहेको जनाउदै यस्ता बिकृतीजन्य कृयालाप रोकिने जनाए ।



