-के बि महरा स्थानिय तहको निर्वाचन सङ्गै मुलुक यतिबेला संघियता कार्यान्वयनको दिशामा पुर्णतया अघि बढिसकेको छ।क्षेत्र न.२ बाहेकका भु- भाग हरुमा चुनावको परिणाम घोषणा सङ्गै स्थानिय जनताहरुले नयाँ जन-प्रतिनिधिहरु पाइसकेका छन्।स्थानिय गाउँ समाज निर्माणका लागि छुट्टा छुट्टै बिषेताका एजेण्डा हरुका साथ उम्मेदवारहरु जनतासमक्ष गएका थिए।अब पालो जनप्रतिनिधिहरुको,,!के- कति आफ्ना एजेण्डाहरु / जनता समक्ष खाए, गरेका बाचाहरु पूरा हुन्छन् या हुँदैनन् त्यो त हेर्न बाँकि नै छ।तथापी चुनाव सम्पन्न भैसकेको एकमहिनाको अवधि लाई नियाल्दा खासै नयाँ कुनैपनि उपलब्धी भए गरेका देखिंदैनन्।यसको जवाफ कस्ले दिने,? जनता,नयाँ जनप्रतिनिधि पाउँदा एकदमै हर्षित देखिन्छन्,र थुप्रै आशा अनि सपना सजाएकाछन् आफ्ना जनप्रतिनिधीहरु प्रति । बिकाशकालागी केन्द्रकै मुख ताकेर बस्नुपर्ने प्रचलनको अन्त्य सङ्गै थप नयाँ चुनौति तथा जिम्मेवारि त छनै।आफ्नो गाउँ समाजलाई सबल र सक्षम बनाउन तथा दिगोबिकाशका निम्ति नव जनप्रतिनिधि संङ्ग के- कति सक्षमता तथा जिम्मेवारिता छ त्योत हेर्न बाँकिनै छ,र पनि कहिँकतै देखिने घटनाहरुले जनताहरुमा नैरास्यता पनि उत्तिकै छ।समाज बिकाश प्रमुख भन्दापनि व्यक्ति राजनीति मोह बढिनै देखिन्छ।समाज निर्माणको प्रमुख युवा शक्ति यतिबेला अरवको खाडिमा खुन ,पसिना चुहाउन बाध्य छन्।देशमै केहि गर्ने अवसर नपाए पछि भौतारिन पुगेका हुन्।मुलुकको झण्डै आधाभन्दा बढि अर्थतन्त्रको हिस्सा ओगटेको रेमिट्यान्स प्रती राज्य उदासिन हुँदा अन्यौलता तथा नैरास्यता कायमै छ।युवा शक्तिलाई स्वदेशमै प्रयोग गर्ने वाताबरणको निर्माण गर्नसके मुलुकले पक्कै काँचुली फेर्नेथ्यो।यी र यस्ताखाले थुप्रै महत्वपुर्ण बिषयहरुमा हाम्रा जनप्रतिनिधी हरुले थोरैमात्र प्रयास गर्न सके देश सांच्चै समुन्नत बनाउन सकिने थियो। मुलुकमा बर्षेनी दोहोरि रहने प्राकृतिक प्रकोप तथा महामारीजन्य स्वास्थ्य संवेदनशिलता जस्ता बिषय हरुको बारेमा अलि सजक बन्नसके सुनमा सुगन्धनै हुनेथियो। समाज निर्माणको स्पष्ट खाका सहित अघि बढ्न जनस्तरबाट समेत साथ,सहयोग र हातेमालोको खाँचो समेत उत्तिकै देखिन्छ। जनतासङ्ग गरिएका बाचा ,बाचामै मात्र सिमित गरिनेहुन् भने यसको सन्देस पक्कै राम्रो हुने छैन। नव जनप्रतिनिधि बनेसङ्गै जनभार समेत बढेको छ,र पनि राज्य सरकारका तर्फबाट उपलब्धी मुलक काम अँझै हुन सकेको छैन। जबसम्म राज्य आफ्ना नागरिकहरु प्रती वफादार बन्दैन,मुलुकमा समृद्दिको परिकल्पना ब्यर्थ ठहरिन्छ।तेसैले उचित निति तथा योजनाकासाथ जन प्रतिनिधिहरुको सकृयता संङ्गै जनताले हातेमालो गर्न सके तपाईं हाम्रो गाउँ समाज र समग्र राष्ट्र साँच्चै समृद्द हुने थियो।
यो लेखक को निजी विचार होनयाँ जनप्रतिनिधीहरु र जन अपेक्षा
सवाल नेपालसंवाददाताशुक्रबार, २२ भदौ २०७४

नयाँ जनप्रतिनिधीहरु र जन अपेक्षा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
प्लेनको असुरक्षित यात्रा, नीति कि नियती ?

यो पनि पढ्नुहोस् »
संस्कारमा अब्बल निजि बिद्यालय
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

प्लेनको असुरक्षित यात्रा, नीति कि नियती ?
सोमबार, २ माघ २०७९
संस्कारमा अब्बल निजि बिद्यालय
सोमबार, २७ भदौ २०७९
''नागरिकता विधेयक प्रतिरोधको मुद्दा हो।''- भरत दाहाल
मंगलबार, ३१ साउन २०७९
"राजनीति नेपालको सबैभन्दा ठूलो र आकर्षक जागिर" -भिम उपाध्याय
बिहीबार, १९ जेठ २०७९
किन हाम्रा नेता, मन्त्री, धनीमानी सार्वजनिक यातायात चढ्दैनन् ?
बिहीबार, ५ फागुन २०७८



