सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीबाट झुट्टा विवरण पेस गरी नागरिकता लिने एकजनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी मध्येहर्षाही–७ घर भई अहिले सप्तरी कटैया–४ मा बसोबास गर्दै आएका ३३ वर्षीय इन्द्रदेव भन्ने उमेशकुमार दास रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उमेशले सुनसरीको पश्चिमकुशाहा–९ वस्ने ससुरा सहदेव दास र सासू अनारदेवी दासलाई बुबाआमा बनाई नागरिकता लिएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

उमेशले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट २०६३ फागुन १० गते ०६३०४५÷ २३४५ नंको नागरिकता लिएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सप्तरीको कञ्चनपुर–५ मा लुकिछिपी बसेको अवस्थामा उमेशलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय