काठमाण्डौ । नेकपा एमाले चितवनका नेता देवी ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चाटुक्कारको संज्ञा दिएका छन् । दुई नम्बर प्रदेशमा एमालेको चुनावी अभियान अन्तर्गत बाराको निजगढमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै नेता ज्ञवालीले प्रचण्डलाई सो आरोप लगाइरहेका थिए । सोही हप्ता माओवादी अध्यक्ष प्रचण्ड पनि बारा र पर्सा जिल्लाका चुनावी सभामा व्यस्त थिए ।

अघिल्ला दिन सिमरामा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले मुलुकलाई लोडसेडिङमुक्त गर्ने र सिंगो मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउने काममा माओवादीले भूमिका खेलेको भन्दै भाषणहरु दिइरहेका थिए र मधेसी जनतासँग मत मागिरहेका थिए । उनले मधेसी जनतालाई थुप्रै आश्वासन बाँडिरहँदा नेता ज्ञवाली भने तिनै जिल्लामा पुगेर प्रचण्डका वाणीहरुको कटाक्ष गरिरहेका थिए ।

अघिल्लोपटक दुई चरणमा भएको भरतपुर महानगरपालिकाको चुनावमा षडयन्त्रपूर्वक तरिकाले हराइएका नेता ज्ञवालीले प्रचण्डलाई चाटुक्कार मात्र भनिरहेका थिएनन्, हावा गफ लगाउँदै हिड्ने मान्छेको रुपमा परिभाषित सम्म गरिरहेका थिए ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरमा एमालेको तर्फबाट मेयरको उम्मेद्वारमा उठेका उनलाई षडयन्त्रपूर्व हराईको आरोप प्रचण्डमाथि लागेको छ । जेठ १४ गते मध्यराती नेपाली कांग्रेस र माओवादीको मिलेमत्तोमा मतपत्र च्यातेर उनलाई योजनाबद्ध ढंगले हराउने नेतृत्व प्रचण्ड र तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा (हाल प्रधानमन्त्री) लाई लाग्ने गरेको छ । ज्ञवालीका निकटतम प्रतिष्पर्धी प्रचण्डपुत्री रेणु दाहाल थिइन् ।

शुक्रबार बाराको निजगढमा आयोजित चुनावी सभामा बोल्दै नेता ज्ञवालीलले सुरुमै प्रचण्डलाई चाटुककारको संज्ञा दिए । उनले भने, ‘हाम्रो गाउँघरतिर हामीले छबिलाल भन्ने मान्छेलाई तपाईहरुको तिर प्रचण्ड भनिदो रहेछ, यी प्रचण्ड नामका चाटुक्कारले आफ्नो नेतृत्वमा लोडसेडिङमुक्त मुलुक बनाएको र आर्थिक बृद्धिदरको समेत जस लिइरहेका छन्, यिनका कुरा नपत्याउनुहोला ।’

उनले लोडसेडिङमुक्त अभियान र आर्थिक बृद्धिको प्रसंग तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार हुँदा गरिएको काम भएको भन्दै पुष्टि समेत गरिदिए । तत्कालीन प्रधानमन्त्री ओली प्रधानमन्त्री हुँदा भारतले मुलुकमा नाकाबन्दी लगाएको र उक्त नाकाबन्दीताका ओलीले भारतलाई झुकाएको स्मरण गर्दै भारत लचिलो भएर नेपालका प्रधानमन्त्री ओलीलाई भारत भ्रमणमा बोलाएर उर्जा सम्झौता गरेपछि मुलुक लोडसेडिङमुक्त भएको उनले स्पष्ट पारे ।
ओलीसँग भारत झुकिरहेको बेला ढल्केबर प्रसारण लाइनसँग सम्झौता गरिएलगत्तै माओवादी नेतृत्वको सरकार आएको र त्यो कामको जस उसले लिएर लोडसेडिङ गरेर देखाएको भन्दै गफ लगाएको उनले स्पष्ट पारे । ढल्केबर प्रसारण खिम्ति जोडिएपछि मुलुक स्वतः लोडसेडिङमुक्त हुँदैछ भन्ने कुरा एमाले र उसको सरकालाई थाहा भएको उनले बताए । आर्थिक वृद्धिदरको नाममा पनि प्रचण्डले अनावश्यक गफ लगाउँदै हिडेको उनले आरोप लगाए ।

उनले भने, ‘तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ल्याएको लोकप्रिय बजेटलाई हुबहु नक्कल गरेर ल्याएपछि त्यो भएको हो । पानीका लागि पाइप,टुटी र धारो निर्माण गर्ने एउटा अनि पानी खस्ने बेलामा अर्कोले टुटी खोलेपछि पानी झारेको जस उसैलाई गएजस्तो भएको हो, त्यसबेला माओवादी सरकारलाई पनि त्यही जसमात्र गएकोले गफ लगाउन सजिलो भएको हो ।’

चितवनमा अब चुनाव जित्ने सपना नदेखे हुन्छ !
चुनावी प्रसंगमा बोल्दै नेता ज्ञवालीले छोरीलाई धाँधली गरेर जिताएपनि प्रचण्डले कुनै पनि हालतमा चितवनबाट चुनाव जित्न नसक्ने भविष्यवाणी गरे । उनले भने, ‘अब धेरै समय छैन, मंसिरमा प्रदेशसभा र संघीय संसदको चुनाव आइसकेको छ, छोरीलाई त धाँधली गरेर चुनाव जिताए, तर उनलाई चितवनका जनताले सिधै हराउँछन् ।’

नेता ज्ञवालीले आफु भरतपुर महानगरको चुनावमा २ सय ६० मतले जित्ने निश्चित भएपछि बालुवाटारमा तत्काल बैठक बसेर मतपत्र च्यात्ने योजना बनाएर धाँधली गरेको आरोप लगाए । उनले भने, ‘मैले जित्ने निश्चित भएपछि बालुवाटारमा कांग्रेस र माओवादी नेताहरुको तत्काल बैठक बस्यो ।

त्यसमा तत्कालीन महान्यायाधिवक्ता रमण श्रेष्ठ पनि सहभागी भए र उनले मतपत्र च्यात्न सल्लाह दिए । त्यही योजनाअनुसार भरतपुरमा मविरुद्ध षडयन्त्र भयो ।’ उनले अबको चुनावमा प्रचण्डलाई त्यस्तो सपना नदेख्न समेत कडा चेतावनी दिए । छलफल बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah