स्वतन्त्र लिम्बुवान नेपाल नाममा दमक तथा उर्लाबारीका ब्यवसायीलाइ ५० लाख रुपिया माग्ने र नदिए ज्यान मार्ने धम्कि दिने ब्याक्तिलाइ प्रहरीले पक्राउ गरेको बताईएको छ ।
पक्राउ परेका ब्याक्तिलाइ उर्लाबारी राखिएको र दबाब आउन सक्ने ठानेर बिराटनगर लगिएको बताईएको छ । यद्यपि यसको पुष्टि भने प्रहरीले गरिसकेको छैन । उर्लाबारी प्रहरी कार्यालय अगाडि ब्यापारीहरुको अहिले अबेरसम्म भिड रहेको थियो ।
पक्राउ पर्नेमा दमकका लब्धप्रतिष्ठित तथा नाम चलेका एकजना ब्यवसायी रहेको श्रोतले बताएको छ । मुद्धा दर्ता भइनसकेको र प्रमाण जुटाउने काम भइरहेको भन्दै प्रहरीले नाम दिन इन्कार गरेको छ । यद्यपि जाहेरी भने प्रहरीले परिसकेको पाईएको छ ।
स्वतन्त्र लिम्बुवान नेपालको अध्यक्ष खाम बोक्साको नाममा ब्यवसायी दिलबहादुर श्रेष्ठ र मिलन गौतमसंग ५० लाख माग भएको थियो ।
उक्त कार्यमा सलग्न रहेको आँशकामा चुलाचुलीका ३ जना ब्याक्ति पक्राउ परेपछि ति ब्याक्तिले दमकका नाम चलेका र प्रतिष्ठित ब्यवसायीको नाम लिएपछि प्रहरीको अनुसन्धान ब्यूरोले पक्राउ गरेको श्रोतको भनाइ रहेको छ । आरोपको पुष्ट्याइ भइनसकेकाले नाम गोप्य राखिएको छ ।



