बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकमा मिटरब्याजका कारण घरबहार बिहीन भएर भाग्नु पर्ने अवस्थादेखि लिएर करोडौ रुपिया जबरजस्ति चन्दा माग्नेसम्मका हर्कतहरु सार्वजनिक हुन थालेकाछन् ।
छिटो कमाउने सोच राखेर निक्कै हाइफाइ देखिन अब्बल दर्जाका ब्यापारी तथा सामाजिक अगुवाका हर्कतले दमक बद्नाम हुन थालेको छ । कसैले सोच्न नसक्ने ब्याक्तिहरुको धन्दाका कारण अहिले कस्को बिश्वास गर्ने ? भनेर प्रश्न खडा गर्ने अवस्था आएको छ ।
पछिल्लो पटक दमकका अधिकाँश मोटरसाइकल सो रुमहरुलाइ ५० लाखको चन्दा माग्ने र सार्वजनिक गरे जस्तोसुकै कार्वाही हुने भन्दै तर्साउने कार्यमा दमककै भिआइपि ब्यापारीको संलग्नताको आशकाले अहिले सबैलाइ चकित बनाएको छ ।
स्वतन्त्र लिम्बुवान नेपालको नाममा चन्दा माग गर्ने र बाहिर भनेको खण्डमा जस्तो सुकै कार्वाही हुने भन्दै धम्क्याएपछि यो गुपचुप भएको थियो ।

दमकका अन्य ठूला ब्यापारीहरुलाइ समेत ५० लाखको चन्दा माग सहितको पत्र पुगेको पाइएको छ । यद्यपि उनिहरुले बाहिर सार्वैजनिक गरेकाछैनन् । एक ब्यापारीले सवाल नेपालसंग कुरा गर्दै आफूलाइ पनि त्यो पत्र प्राप्त भएको र त्रासका कारण बाहिर नभनेको बताए ।
श्रोतका अनुसार दमकका ब्यवसायी जिबन न्यौपानेलाइ सिआइबी अर्थात प्रहरीको अनुसन्धान ब्यूरोले सोधपुछका लागि नियण्त्रणमा लिएको छ । आवश्यक अनुसन्धान भइरहेकाले अहिले नै केहि भन्न नसकिने प्रहरी श्रोतले बताएको छ ।
अहिले नै यस कार्यमा संलग्नता पुष्टि नभएपनि अनुसन्धानका लागि नियण्त्रणमा लिइएको प्रहरीले स्वीकार गरेको छ । न्यौपाने परिवारले भने आफूहरुलाइ पनि त्यस प्रकारको पत्र आएको बताउदै निर्दोष ब्याक्तिलाइ आरोप लगाएको भन्दै न्यायका लागि माग गरेको छ ।



