– जयदेश श्रेष्ठ
हामी नेपालीहरू सपना राम्रो देख्छौ !
सपना पुरा हुने दिन कहिले आउला ?
यो स्टेटस फेसबुकमा अपलोड गरेपछि साथीहरूको प्रतिक्रिया जस्तै आए पनि मनमा भने अनेकौ कुराहरू खेलिरहयो । प्राकूतिक श्रोत र सम्पदाको धनी देश नेपाल, आज उजाड भएको छ । श्रुतु परिवर्ततनसँगै गर्मीले तलाउ सुक्दै जान्छ। उड्ने पन्छिहरूले बासस्थान छोडेर अन्यत्र जान्छन् । जीव जन्तु अन्तै बसाई सर्दछन् ।
बिचरा जलासयका जीवहरूको दुर्दशा ! आज यस्तै भएको छ हाम्रो देश । अनकन्टार जन्म थलो गाउमा बुद्ध बूद्धाहरू आफ्नै काल कुरेर बसेका छन् । कूषी प्रधान देश, आज खेत बारी प्राय बाँझो जस्तै भएका छन् । सहरका उधोग कलकारखाना प्राय बन्द छन् । पौरखी हातहरू विदेशतिर रमाउन थालेका छन् ।
आज प्राकूतिक सम्पदालाई मासेर डोजर चलाएर जताततै सडक बाटो पुर्याउन खोज्यो, भु क्षय पहिरोले गर्दा बाटोहरू व्यवस्थित भएन । पहिले पानीको सुविधा भएको मानव योग्य ठाउँमा मात्र बस्ती बस्दथ्यो आजकाल जताततै मानव बस्ती उर्वर भूमि बन जङ्ल मासेर अप्राक्रीतिक बस्तीहरूमा पाईपबाट मुहानका पानी पुर्याउछन् । त्यही ठुला पाईपहरूबाट घरका फोहर पानी मल मुत्र नदीमा पुर्याउन्छन् त्यसैले बस्ती र नदिनालाहरू उचित संरक्षणको अभावले प्रदुर्श्रण छन् ।
समयसँग विकासको नयाँ जीवनमा हामी नेपालीहरू भौतिक सुखमा रमाउन थाल्यौ । आज त्यस्तै भयो ! राष्ट्रबादको खोक्रो नाराले मात्र देश चल्दैन ! राष्ट्र के हो ? राष्ट्रियता के हो ? राष्ट्रिय झण्डालाई बेवास्ता गर्ने, राष्ट्रिय पोसाकमा गर्व नगर्ने उच्च नेताहरूले नेपाली स्वाभिमान गिराएको पाउछौ ।
देशको कुना कन्धरामा गुन्जने राष्ट्र भक्त राष्ट्रिय गीतहरू हराएको छ । आफ्नो दायित्व बिर्सेर पर निर्भर भएर गुजारा चलाइरहेका छौ । देश र जनताको नियति आज हामीहरूले गौरवका गाथाहरूको पुरानो नेपाली इतिहास हराएको छ । हाम्रो नेपाली सान र गौरवहरू कहाँ पुग्यो ? हामीले बिर्सेका छैनौ, नाला पानीको इतिहास, विश्व युद्धमा विदेशी भूमिमा गोर्खाली सेनाको बहादुरी कदर ! राणा शासन विरुद्धमा देशका लागि बलिदान दिने धर्म भक्त माथेमा, शुक्र राज शास्त्री, गंगालाल, दशरथ चन्द्र वीर शहिदहरूलाई हामीले शहिद दिवसको नाममा मात्र सम्झन बाध्य छौँ ।
देश परिवर्तनको नाममा हामीले व्यवस्था फेर्यौ, शासक फेर्यौ तर शासन पद्धति व्यक्तिको सोच फेर्न सकेनौ । देशको लागि आवाज उठायौ तर देशको लागि बलिदान त्याग गर्न सकेनौ किन ? आज विश्वका धेरै राष्ट्रहरू मध्येमा नेपाल भष्ट्रचारको पराकाष्ठ देश, अव्यवस्थित, प्रदूषण, गरिब देश भनेर दैनिक समाचार पत्रपत्रिकमा यस्तै नराम्रा कुराहरू मात्र सुन्न र पढनु पर्छ । किन हामी बहादुर वीर गोर्खालीको देश आज निरह सपना बोकेर बाँच्नु परेको छ ! दोष कसको हो हामी कहाँ चुक्यौ ?
वैदेशिक रोजगारमा गर्व गर्ने सरकार ! विदेशी सामानहरू आयातित गरेर भन्सार शुक्लमा बजेट तर्जुमा गर्दछ । आफ्नो देशको उधोग धन्दा, कलकारखाना सबै चौपट भएर बन्द भएकोमा चिन्ता छैन । बेराजगार नागरिकहरू रोजी रोटीको लागि काम गर्ने ठाउँ छैन ।व्यवसाय गरी खाने वातावरण छैन । देशको शिक्षा नीति व्यावसायिक अर्थपाजन र आत्म निर्भर हुने सैदान्तिक ज्ञान छैन । स्वदेशी भाषाभन्दा पनि विदेशी भाषालाई प्राथमिकता दिएर पठन पाठनको नेपाली शिक्षाले भविष्यमा बिदेशिने मानसिकताको उपज आज देशका होनहार पढे लेखेका कर्मथ युवाहरू विदेशीतिर पलाएन भएका छन् ।
मध्यम वर्गीय विद्यार्थीहरू राजनीतिमा होमेर फस्ताएको नेपालको प्रमुख पेसा लगानी बिनाको राजनीति भने फलिफाप भएको छ । राजनीतिमा लाग्ने तिनै नेता र कार्यकर्ताहरू कै भविष्य उज्वल छ । आज देश वासीहरूले भोग्नु परेको पीडामा कसलाई सरोकार छ । सबै नेता पार्टीहरू आ आफ्नै स्वार्थ पुर्तीमा केन्द्रित छन् । देश व्यवस्थापन र संविधानको कार्यान्वयनभन्दा पनि आफ्नो चुनाव मुखी अभियानमा जसरी हुन्छ चुनाव जित्ने तयारीमा छन् । भोलि यो देशमा तिनै नेता कार्यकर्ता र पार्टीबाट चुनाव जितेर यो देशको विकास र समुन्नतीको परिकल्पना कसरी गर्न सकिन्छ ?
नेपालको जन आन्दोलनमा विदेशी राजनीतिज्ञ सर्वेक्षकहरूले भनेका थिए । नेपालमा अँझै दश वर्ष लोकतन्त्र आउन हुँदैन ! जनताहरूले स्वतन्त्रता पचाउन सक्दैन ! आज त्यस्तै भयो ! राष्ट्रबादको खोक्रो नाराले मात्र देश चल्दैन ! राष्ट्र के हो ? राष्ट्रियता के हो ? राष्ट्रिय झण्डालाई बेवास्ता गर्ने, राष्ट्रिय पोसाकमा गर्व नगर्ने उच्च नेताहरूले नेपाली स्वाभिमान गिराएको पाउछौ ।
देशको कुना कन्धरामा गुन्जने राष्ट्र भक्त राष्ट्रिय गीतहरू हराएको छ । देश बनाउन भाषण र सत्ता मुखि शासनले कतै देश परिवर्तन भएको छैन । शासक वर्गको निहित स्वार्थमा देशको लागि भनेर लडने अनजान बहादुर प्रहरी, सेना र देशको लागि बलिदान हुने शहिदहरूको आत्मा रोएको छ । नेपाल आमाका सपुत वीर शहिदहरूको योगदानलाई सलाम ! तिनीहरूको चिर आत्माको लागि
कामना !
प्रत्येक वर्ष माघ १६ गते शहिद दिवस भनेर शहिदहरूको सम्मानमा राष्ट्रिय बिदा दिने गर्दछ । शासक वर्गहरू शहिदको शालिकहरूमा फुल माला चढाएर सम्मानको औपचारिकता पुरा गर्दछन् । देशमा शहिदको सपना र जनताहरूको चाहना पुरा हुने कहिले ? साहित्य संसारबाट ।



