गौरादह । नेकपा एमाले गौरादहको अध्यक्षमा मित्रदेव काफ्ले निर्वाचित हुनुभएको छ । मंगलबार भएको निर्वाचनमा गजेन्द्र घिमिरेलाई पराजित गर्दै काफ्ले अध्यक्षमा निर्वाचित भएका हुनु भएको हो । प्रथम नगर अधिबेशनबाट निर्वाचित कार्यसमितिलाई बुधबार सपथग्रहण गराइएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य हिक्मत कार्कीले मित्रदेव काफ्लेको नेतृत्वमा निर्वाचित कार्य समितिलाई बुधबार सपथ ग्रहण गराउनु भएको हो । कार्यसमितिको उपाध्यक्ष्ँ बल बहादुर तामाङ्ग र सचिव दुर्गामणी बस्नेत निर्विरोध निर्वाचित हुनुभएको थियो भने सहसचिवमा प्रकास पराजुली निर्वाचित हुनुभएको छ ।
३५ जनाको कार्यसमितिमा अध्यक्ष्, सहसचिब , आदिबासी÷जनजाती तथा भुगोल कोटा र खुला तर्फका पदाधिकारी चयनका लागि निर्वाचन भएको थियो । उपाध्यक्ष्ँ, सचिब र महिला तथा दलीत कोटा तर्फका पदाधिकारी भने निर्विरोध भएको एमाले क्ष्ँेत्रिय सचिब नगेन्द्र भण्डारीले जानकारी दिनुभयो भनेरहिमशिखर टेलिभिजनले भनेको छ |


फोटो:- भोला बराल, (दामुना) गौरादह नगरपालिका
हाम्रोदमक. कम बाट सभार गरिएको ।










